Tuesday 23rd of May | २०७४ जेठ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

रुकुम, २८ पुस । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उहाँको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिनुभयो ।

मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उहाँले बताउनुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan