• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

मकाउमा २९५ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश भब्यताको साथ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

मकाउ,चीन। राष्ट्रिय प्रजातन्त्र पार्टीको बिदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाज मकाउले बिदेशी भूमि मकाउमा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औं जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवश जनवरी ५ तारीक(पुष २७)गतेका दिन मकाउ फिसर म्यान स्थित टेष्ट अफ इण्डिन रेष्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ।श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहलाई स्मरण गर्दै पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रम सुरू भएको थियो।राष्ट्र निर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानलाई नेपाल सरकार लगाएत केहि दुई चार जना बुज्रुक ब्यक्तिहरूले भुल्दै गई रहेको र पृथ्वी नारायण शाहलाई नै ओझेलमा पार्न खोजिएको हुँदा प्रबासी नेपाली एकता समाज मकाउले बिदेशी भूमिबाट भए पनि कान र आँखा हुँदा हुँदा पनि देख्न र सुन्न नसकेको सरकारलाई सुनाउन र देखाउनुका लागि र पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो भन्नु हुन्छ यस कार्यक्रमका संयोजक एवं प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका सचिव पदम सिंह पन्त।

मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहेका राष्ट्रबादी ब्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,बिशेष अतिथि नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ र प्रवासी नेपाली मञ्च मकाउका अध्यक्ष हर्क बहादुर कुवर,अतिथि पश्चेमेली समाज मकाउका उपाध्यक्ष निरन्जन खड्का साथै अन्य अतिथिहरू हुनु हुन्थ्यो।कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरू सबैले नेपालीहरू बीच एकता हुनु पर्ने र पृथ्वी नारायण शाहकै योगदानको बारेमा खुलेरै चर्चा गरेका थिए।मकाउमा प्रथम पटक  एतिहासिक तवरबाट कार्यक्रम गर्न सफल भएको र प्रवासी नेपाली एकता समाजमा प्रवेश गर्ने नव प्रवेशीहरू १४ जनालाई खादा लगाएर प्रवेश गराउन सफल भएकोमा प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका सचिव पन्त खुशी छन।कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका अध्यक्ष शिव शंकर चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तब्य तदर्थ समितिकै सचिव पदम पन्तले गर्नु भएको थियो।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan