Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संघीयता र गणतन्त्र गुम्ने खतरा देखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाण्डौ,२८ पुस । यो निष्कर्ष सभामुख ओनसरी घर्तीको हो ।

उनले संसदभित्र जे जति अराजकता देखिन्, पार्टीहरुको सत्ताका लागि ध्रुविकरण देखिन्, त्यसैको प्रतिक्रिया स्वरुप भनेकी हुन्–  संघीयता र गणतन्त्र गुम्नसक्छ ।

पुस २७ गते सुर्खेत पुगेकी सभामुख घर्तीले माघीमेला उद्घाटन गर्दै भनेकी हुन्– दलहरु टकरावमा छन्, टकराव बढ्दै गएको छ, टकराव घटेन भने उपलव्धि गुम्न सक्छ ।

दलहरु मिल्नुको विकल्प छैन, मिल्नुको साटो दलहरुवीच दूरी बढ्दै गएको देखिन्छ ।

उनले खुलेरै भनिन्–
सुर्खेत, २७ पुस– सभामुख ओनसरी घर्तीले दलहरुबीच टकराव बढ्दै जाँदा प्राप्त राजनीतिक उपलब्धी गुम्ने खतरा बढेको बताएकी छन् ।

उनले खुलेरै भनिन् केद्रीकृत शासन प्रणालीको वकालत गर्ने र जातजातिबीच फाटो पार्ने दुईथरी अतिवादका कारण संघीयता धरापमा परेको हो ।

उनले एमालेलाई प्रतिगामी भन्ने आरोप लगाउन आफ्नै पार्टी माओवादीमाथि जातजातिवीच फाटो ल्याउने भनेर मधेसीसँगै मुछिन् ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan