Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुल्ला प्रतिष्पर्धाकाे नाममा धमाधम कांग्रेस ! नतिजा अाउनु अगावै बधाई र खुशी साटासाट

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

 न्यूज अभियान,काठमाडौं, २८ पुस । काठमाडौं विश्वविद्यालय (केयू) उपकुलपति नियुक्तितको विवाद नसिकिँदै काँग्रेसका क्रियाशील सदस्यहरु धमाधम भर्ती गर्ने तयारी भएको छ।

नेपाली काँग्रेस निकट भिसी नियुक्ति गर्नासाथ उनीहरुलाई नियुक्तिको दिने तयारी गरिएको हो । त्यसैका लागि हालका रजिष्ट्रार भोला थापाले सबै प्रक्रियागत काम पूरा गरेका श्रोतले बताएको छ ।

स्कूल आफ आर्टस्, स्कूल अफ एजुकेसन, स्कूल अफ म्यानेजमेन्ट लगायतमा एकै पटक दर्खास्त आह्वान गरिएको थियो । नाम चलेको राष्ट्रिय दैनिकमा दर्खास्त आह्वान गरेको भए पनि अधिकांस काँग्रेसनिकटलाई सर्ट लिस्ट गरी भर्ना प्रक्रिया सुरु भएको थियो । एकैखाले विज्ञापन आह्वान गरे पनि डिनहरुले आफू अनुकुल व्यक्ति ल्याउन दोहोरो मापदण्ड समेत बनाएका छन् ।

स्कूल एजुकेसनका डिन महेशनाथ पराजुलीले आफ्ना नजिकका लाई भर्ती गर्न कार्यकारी परिषद्मा मापदण्ड परिमार्जन गरेका थिए । त्यसै गरी स्कूल अफ अार्टसमा समेत हालका रजिष्ट्रार भोला थापाले रामशरण महतका सल्लाहकार तथा कांग्रेस क्रियाशील सदस्यहरु उद्धव प्याकुरेल, निरज पौडेल तथा स्याङ्जाका चन्द्रलाल पाण्डेलाई नियुक्ति दिने तयारी गरेका छन् ।

यसै गरी आमसञ्चार विभागमा पूर्व भिसी सुरेशराज शर्माका भाञ्जा सुदर्शनप्रसाद दाहाल, होमनाथ दाहाल पुत्र सुधांशु दाहाल र एकप्रसाद दवाडी ल्याउने निश्चित भएको छ । होमनाथ दाहाल पुत्र सुधांशु दाहालले रजिष्ट्रार थापाबाट आफूले बधाइ समेत आइसकेको भन्दै खुशी साटासाट गरेका थिए ।

स्कूल अफ आर्टसका एक प्राध्यापकले भने यसरी आफ्नो मान्छे भन्दैमा रिजल्ट अगाडि नै भन्न नमिल्ने भए पनि केयूमा नातावाद हावी हुँदा यो अवस्था आएको बताए ।

विश्वविद्यालयमा एमाओवादीबाट भिसीका लागि प्रस्तावित जनार्दन लामिछानेले केयू काँग्रेसमैत्री रहेको बताएको केही समय बित्न नपाउँदै काँग्रेस निकट भोला थापाले काँग्रेसीलाई भर्ती गर्ने योजना बनाएका हुन् ।

गत जुन महिनामा आह्वान गरिएको विज्ञापनमा खुला प्रतिस्पर्धा भनिएपनि पुर्व योजना अनुसार आफ्ना आफन्त र कांग्रेसीहरुलाई मात्र सबै पदमा नियुक्ति दिने तयारी भएको सुत्रले बताएको छ ।

‘खुला प्रतिस्पर्धा भनिएकाले देश बिदेशमा शिक्षण र सोधको राम्रो अनुभव भएकाले आवेदन दिएपनि कुनै पनि पदमा बाह्य उमेदवारलाई छानिएको छैन, जुन सरासर भ्रस्टाचार हो’ एक प्राध्यापकले बताए ।

सबै पदमा आन्तरीकरुपमा करार सेवामा कार्यरत शिक्षकलाई मात्र छानिएको र एक-दुइ दिनमै सोहीबमोजिम नतिजा सार्वजनिक गरिने ती प्राध्यापकले बताए ।

स्कुल अफ आर्ट्स र स्कुल अफ एजुकेसन अन्तर्गत थुप्रै अनुभवी र सक्षम प्रतिस्पर्धी रहे पनि बाह्य परीक्षकले दिएको अंकसमेत डिनहरु र हालका निमित्त उपकुलपति भोला थापाले टिपेक्स लगाएर मनोमानी गरेको बुझिएको छ ।   

न्यूज अभियानका लागि समाधानबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan