• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

हुनेवाला प्रधान न्यायाधीशले संयम हराउँदा...

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

न्यूज अभियान ,काठमाण्डौ,२८ पुस । हुनेवाला प्रधान न्यायाधीश हुन् गोपाल प्रसाद पराजुली ।

उनको उमेरको बिबाद चलेको छ र उनले थरिथरिका उमेर खुल्ने कागजपत्र बेला बेलामा पेश गरेको आरोप पनि लागेको छ ।

हालैका दिनमा सर्वोच्च र  न्यायपरिषदको वेभसाइटबाट उमेर खुल्ने सूची हटाउन लगाएको आरोपमा पनि मुछिएका छन् गोपाल ।

हिजो बुधवार वानेश्वरमा सञ्चारजगतसँग खुलेर बोल्दै न्यायाधीश गोपाल प्रसाद पराजुलीले आक्रोसित मुद्रामा भने–  राति सुतेको बाहेक सबै कुरा देखाउन तैयार छू । पछि अफ दी रेकर्ड भनेर कर्कश श्वरमा चिच्याए– सुतेको पनि देखाइदिउँ ?

फागुनमा सुशीला कार्की अवकाश भएपछि यिनै पराजुली प्रधान न्यायाधीश हुने लाइनमा छन् । प्रधान न्यायाधीश  हुने व्यक्ति यसरी ...देखाइदिउँ भन्ने स्तरमा बोल्नु हुन्छ कि हुन्न, सर्वोच्च अदालतभित्रै पनि निकै चर्चित प्रसङ्ग बनेको छ ।

यिनले पत्रकारलाई सुझाव दिए– एउटा एउटा चिप्स राख्नुस्, म सुत्न जान्छु, के के गर्छु सबै देखिन्छ । म त्यति खुला छु भन्न उनले यस्तो तर्क गरेका हुन् ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan