Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले निजामतीमा उमेर हद ६० वर्ष पु-याउने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । सरकारले निजामती कर्मचारीको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पु¥याउने अन्तिम तयारी गरेको छ । निजामती कर्मचारीको पदावधी बढाउन सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन प्रक्रिया अघि बढाएको हो ।

सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा परामर्शका लागि लोकसेवा पठाउने निर्णय भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संशोधनको विषय परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए ।

सरकारले एउटै किसिमको सेवामा फरक÷फरक उमेर हद देखिएकाले एकरुपता बनाउन पदावधी बढाउन लागेको जनाएको छ । सामान्य प्रशासन मन्त्री मन्त्री केशवकुमार बुढाथोकीले एकै प्रकृतिका सेवामा समेत उमेर हदमा एकरुपता नभएकोले पदावधी बढाउन लागिएको बताए ।

‘शिक्षा सेवामा ६० वर्ष छ, स्वास्थ्यमा ६० वर्ष छ, संसदमा पनि ६० बर्ष नै छ, तर मेरै मन्त्रालय मातहत एकरुपता नभएकाले मात्र उमेर हद २ वर्ष बढाएर ६० बनाउँदै एकरुपता कायम गर्न खोजेको हुँ,’ मन्त्री बुढाथोकीले भने ।

उनले नेपालीको सरदर औसत आयु बढेकाले पनि २ वर्ष उमेर बढाउन अनुकुल हुने देखिएकोले प्रक्रिया अगाडी बढाइएको प्रष्ट पारे । आजको राजधानी दैनिकमा खबर छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan