• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

राष्ट्रियताको नाममा ओलीको फिल्म शूटिङ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं । नेकपा एमालेले पुस २२ गते काठमाडौंमा आयोजना गरेको विरोध सभामा अध्यक्ष केपी शर्मा ओलीको जीवनीमा बनेको फिल्म ‘रातो सूर्य’ को पनि शूटिङ भयो ।

ओलीलाई फिल्म शूटिङ हुँदैछ भन्ने कुराको जानकारी पहिला नै थियो । ओलीसँग एक हप्ता अघिदेखि नै एउटा टिम सँगै थियो । सोही टिमले ओलीलाई फिल्मका बारेमा जानकारी गराउँदै आएको थियो ।

राष्ट्रियताको पक्षमा गरिएको भनिएको आमसभा ओलीको फिल्मका लागि मात्रै सीमित भएको थाहा पाएपछि अन्य घटक दलहरू चकित परेका थिए । एमालेका नेताहरू पहिला देखि नै ओलीको जीवनीमा बन्न थालेको फिल्मबाट खुसी थिएनन् ।

पुस २२ गतेको विरोध सभामा फिल्म यूनिटले क्रेनको पनि प्रयोग गरेको थियो । विरोधसभामा सहभागीहरू कसैलाई पनि ओलीको जीवनमा बन्दै गरेको फिल्म ‘रातो सूर्य’ का बारेमा भनक समेत लाग्न पाएन ।

राष्ट्रियताको नाममा भएको विरोध सभा र आमसभाको दुरुपयोग हुँदासमेत साझेदार अन्य दलहरू चुपचाप मौन भएर हेरिरहेका थिए ।

एमाले अध्यक्ष ओलीका पछिल्ला क्रियाकलापबाट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरू खुसी छैनन् । उनीहरूले अध्यक्ष ओलीलाई आफ्नो मर्यादामा बस्न पटक–पटक चेतावनी दिने गरेका छन् । तर, ओलीले बेवास्ता गर्ने गरेका छन् ।

उता, कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवासहित बालकोटमा भएको रात्रिभोजको जानकारी ओलीले एमालेका शीर्ष नेताहरूलाई नगराएको भन्दै आलोचना पनि भएको थियो । ओलीले रात्रिकालीन भोजको वार्तामा के–के कुरा भएको थियो सो विषयमा स्थायी समितिको बैठकमा नभनेको भन्दै माधवकुमार नेपाल समूह आक्रोशित बनेको स्रोतको भनाई छ ।

संसद बैठक खोल्नु एकदिन अगाडि सानेपास्थित उपाध्यक्ष गौतमको घरमा बसेको स्थायी समितिको अनौपचारिक बैठकले संसदको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गौतममार्फत ओलीलाई सहमत गराएका हुन् ,यूनाइटेड पोष्टले समाचार छापेको छ ।

यसको चाँजोपाँजो भने भारतीय राजदूत रणजीत रायले मिलाएको स्रोतको भनाई छ । राजदूत रायले बामदेव गौतमलाई पार्टी मिलाउन निर्देशन दिएका थिए ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan