Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंक तथा वित्तिय संस्था सम्वन्धि नयाँ ऐनमा के–के छ ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । हालै मात्र संसदले लामोसमयदेखि विवादित रहेको बैंक तथा वित्तिय संस्था सम्वन्धि विद्येयक पारित गरेको छ ।  
 
सो विद्येयक पारितसँगै, स्थापनाको १० वर्ष पुगेका बैंक तथा वित्तीय संस्थाका संस्थापकले आफ्नो सेयर बेच्न पाउने भएका छन् ।
 
संस्थापक सेयर बिक्रीको व्यवस्था नभएपछि संस्थापकले चाहेर पनि संस्थाबाट बाहिरन नपाएको अवस्था थियो । नयाँ ऐनले अब खुला गरेको छ । यस्तै, संस्थापक सेयरमा लगानी गर्न चाहने लगानीकर्तालाई थप लगानीको अवसर पनि खुलेको छ । 
 
अब धेरै बैंकका संस्थापक सेयर सर्वसाधारणमा परिर्वन हुने भएका छन् । सेयर बिक्री गरेर बाहिर चाहने संस्थापकलाई अब बाटो खुला भएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको सञ्चालककको अवधि बढीमा २ पटक ८ वर्षसम्म हुने व्यवस्थालाई समितिले पारित गरेको छ ।
 
यस्तै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०।५ प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था प्रस्तावित विधेयकमा व्यवस्था गरिएको छ । यस्तै अब घ वर्गका लघुवित्त संस्थाले बैंक लेख्न नपाउने भएका छन् ।
लघुवित्त संस्थाले बैंकको सट्टा वित्तीय संस्था मात्र राख्न पाउने विधेयक समितिले पारित गरेको छ ।
 
यस्तै, वित्तीय क्षेत्रलाई थप मजबुत पार्न संसदबाट हालै पारित गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा सुशासनलाई कमजोर पार्ने बुँदाहरू पनि आएका छन् ।  यस्तै नयाँ बाफियामा, पूर्वाधार विकास बैंकको बारेमा कानुनमा केही बोलिएको थिएन, अब भने त्यसलाई बाफियाले प्रष्ट रूपमा परिभाषित गरेको छ ।
 
संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न पाइँदैन थियो । अब सबै संस्थापक सेयरहरू साधारणसमा परिवर्तन गर्ने बाटो खुलेको छ ।  त्यस्तै, सर्वसाधारणलाई छुट्याएको शेयर तोकिएको अवधिभित्र सर्वसाधारणलाई बिक्री वितरण गर्नु पर्ने उल्लेख छ ।
 
यसरी बिक्री गर्दा बिक्री नभएको त्यस्तो शेयर अन्य फर्म कम्पनी वा संस्थालाई बिक्री वितरण गर्न बाटो नयाँ वाफियाले खोलिदिएको छ । त्यस्तै, बाफियामा कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक नियुक्तिको बाटो नयाँ वाफियाले दिएको छ ।  कार्यकालको सीमा पनि कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालकलाई मात्र लाग्ने उल्लेख छ ।
 
उनीहरू एउटा संस्थामा दुई कार्यकाल मात्र बस्न पाउनेछन् । जो अध्यक्ष वा सञ्चालक मात्र भएर बस्छु भन्छ उसलाई कार्यकालले छेक्नेछैन् । उसले जति कार्यकाल पनि दोहोर्याउन पाउने व्यवस्था गरिएको छ ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan