Saturday 23rd of September | २०७४ असोज ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिलाले महिला बलात्कार गरेको नजीर !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२८ पुस । २०६७ सालमा लाक्पा र यमुनावीच प्रेम भयो र यौन सम्पर्क पनि गरे । तर समाजमा हल्ला चल्यो, लाक्पा केटा होइन, केटी हो ।

लाक्पाको यौनाङ्ग परिक्षण हुँदा केटी प्रमाणित भएपछि मुद्दा चलेको हो । यही मुद्दामा सर्वोच्च अदालतले पहिलोपल्ट महिलाले महिला बलात्कार गर्छन् भन्ने नजीर कायम गरेको छ ।

संखुवासभा जिल्ला अदालत हुँदै सर्वोच्च पुगेको जबरजस्ती करणी मुद्दामा सर्वोच्चले यस्तो नजीर कायम गरिदिएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई बलात्कार गर्नसक्ने व्याख्या गरेको हो ।

सरकारवादी भई लाक्पा शेर्र्पा्विरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ । 

अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि भएको छ ।

पहिलोपल्ट जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई स्वीकार गरिएको छ ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan