Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्राइज र प्रभुु क्यापिटल बिच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । सनराईज बैंक लिमिटेड र प्रभु क्यापिटलबिच सम्झौता भएको छ । बैंकले आर्थिक बर्ष २०७२/०७३ मा कायम चुक्ता पूँजीको आधारमा एक बराबर शुुन्य दसमलव ३० को अनुपातमा साबिकका शेयरधनीलाई जारी गर्न लागेको प्रति शेयर एक सय रुपैयाँका दरले हुने एक करोड ६३ लाख ५९ हजार तीन सय ३६ हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

नियुक्ति सम्बन्धी सम्झौता पत्रमा बिहिबार सन्राइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । सन्राइजको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय गरेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan