Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेश बिना निर्वाचन असम्भव : अध्यक्ष जबरा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

भक्तपुर, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संबिधान संशोधन गरि मधेसका जायजमाग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताउनु भएको हो ।

उहाँले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताउनु भयो । उहाँले अन्य देशमा जसरी बर्षौ लाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताउनु भयो ।

स्थानिय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उहाँले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताउनु भयो ।

दोस्रो जनअन्दोलन पस्चात नेपालको राष्ट्रियता इतिहासमै कम्जोर भएको भन्दै राष्ट्रियताको सवालला लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको बताउनु भयो ।

संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताउनु भयो ।

उहाँले अब प्रचण्ड सरकारमा फेरबदल हुने भन्दै कमल थापा सरकारमा जान लागेको बताउता पनि  तत्काल सरकार परिवर्तन नहुने बताउनु भयो ।

भुकम्प पिडितहरुलाई उपलब्ध गराएको पचास हजार सबैले नपाएको र जग समेत हाल्न नपुग्ने भन्दै उहाँले तत्काल सरकारले छानो छाउन सक्नेसम्मको बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले पिडितलाई राहत दिने भन्दा पनि सिओ परिवर्तन गरि आफ्नो लाभ लिने परम्परा गलत भएको बताउनु भयो ।

 

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan