Friday 24th of March | २०७३ चैत ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेडियो नेपाल सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं, २८ पुस । रेडियो नेपाल आठौं मिडिया कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ को लिगमा रेडियो नेपालले अन्नपूर्ण पोष्टसंग गोलरहित बराबरी खेल्यो । तीन टिम रहेका यो समूहबाट रेडियो नेपाल गोलअन्तरका आधारमा सेमिफाइनल पुगेको हो ।

यो समूहबाट इमेज च्यानल विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसअघिको लिग खेलमा इमेजले अन्नपूर्णलाई ३–० तथा रेडियो नेपाललाई ४–२ गोलले हराएको थियो । अन्नपूर्णका गोलरक्षक सरोज वैजु ‘म्यान अफ द म्याच’ चुनिए ।

शुक्रबार समूह ‘ए’ को लिग खेलमा एपी वान टेलिभिजनले नेपाल टेलिभिजन (एनटीभी) विरुद्ध खेल्नेछ भने डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुपले एभिन्युज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan