Friday 24th of March | २०७३ चैत ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेका इन्सुरेन्सको २१औं बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । देशको निर्जिवन बीमा बजारमा उच्च गुणस्तरीय सेवा पु¥याउने उद्देश्यका साथ २१ वर्ष अघि देशकै एक मात्र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कोष व्यवस्थापन कम्पनी लगायतका प्रवद्र्धकहरुद्वारा स्थापित नेको इन्सुरेन्स लि. ले अटुट रुपमा बीमा बजारमा सेवा प्रदान गर्दै आइरहेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

हाल यस कम्पनीको प्रर्वद्धकमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याति प्राप्त महतो समूहको प्रवेश पश्चात अझ गतिशिलरुपमा सेवा प्रदान गर्दै केहि वर्ष भित्रैमा देशको प्रमुख बीमा कम्पनीहरु मध्ये एक बीमा कम्पनीको रुपमा स्थापित हुने लक्ष का साथ अघि बढेको छ ।

यस कम्पनीले आज  २१औं बार्षिक साधारण सभा सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त साधारण सभाले आ.ब. २०७२-०७३ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर, र १.०५ नगद लाभांश (कर प्रयोजन) दिने निर्णय पारित गरेको छ ।

साधारण सभामा ८ जना शेयरधनीहरुले आफ्ना जिज्ञाशा, सुझाव तथा मन्तब्य राख्नु भएको थियो । साधारणसभाको अध्यक्षता कम्पनी अध्यक्ष रमेश कुमार निरौलाले गर्नु भएको थियो ।

 

 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan