Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

८६ वर्षिय मीनबहादुरले ठोकेरै भने,‘सगमाथा चढेर फर्केर आउछु’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ फाल्गुण २३ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ फागुन । उमेरले डाँडा काटिसक्यो तर आँट भने तरुणको जस्तो । सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । 

७६ वर्षको उमेरमा करिब ३ सय ४० दिनमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल मीन बहादुर शेरचनले फेरि सगरमाथा चढेर फर्केर आउने घोषणा गरेका छन् ।

उमेरले ८६ वर्ष पुगिसकेका शेरचनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्तिको कामना, पृथ्वीको रक्षा र विश्व मानवताको कल्याणका निम्ति आउँदो अप्रिलबाट फेरि सगरमाथा चढ्ने घोषणा गरेका हुन ।

उनले भने,‘यसअघि सगरमाथा चढ्दा मरेरै भएनि सगरमाथा चढ्छु भनेको थिए, अहिले म सगरमाथा चढेर पनि बाचेरै आउनेछु ।’

उनले आफ्नो उमेर कृत्रिम जस्तै रहेको बताए । ‘उमेरले मेरो साहसलाई रोक्दैन,मलाई लाग्छ मेरो यो उमेर त कृत्रिम हो ।’ उनले भने ।

 

उनले सबै मिलेर पृथ्वीको अस्तित्वलाई जोगाउनुपर्नेमा जोड दिए । मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक भ.पू क्यापटेन जीतबहादुर घर्तीमगरले शेरचनको आरोहणका निम्ति सहयोग गर्न सबैमा आग्रह गरे ।

उनले सरकारबाट साहसीक यात्राका निम्ति कुनै सहयोग नपाएको भन्दै गुनासो व्यक्त गरे ।

उनले भने,‘ आर्थिक साहयताको पनि खाँचो छ, सरकार रमिते छ, उहाँको साहसिक यात्रालाई टुंगोमा पुर्याउन देश विदेशमा रहेका सम्पूर्ण नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा राख्छु ।’

वि.सं. २०१६ मा पहिलो पटक पाँच हजार सात सय मिटर अग्लो धौलागिरी हिमाल आरोहरण गरेका उनी ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा जुटेका हुन् । 

तर ०७२ बैशाख १२ को भूकम्पका कारण उनको सगरमाथा सपना पुरा भएन । त्यो समयमा उनी सगरमाथाको आधारशिविरसम्म पुगेर फर्किएका थिए । सगरमाथा चढ्न उनले लिएको रुटपर्मिट आगामी जेठमा सकिने छ ।

आरोहणका लागि सवा करोड लाग्ने भएको छ । त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्न उनले याचना गरेका छन् ।

हाल गैर आवासीय नेपाली संघ बेलायत, म्याग्दी प्रवास नेपाली संघ बेलायत तथा बेलायतमा रहेका अन्य विभिन्न संघ संस्थाहरुले उनको सगरमाथा यात्राका लागि सहयोग गरेका छन् ।-विजय दमासे (नेपाल)

घोषणा सभाका तस्बिरहरु...


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan