Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल बैशाख १७ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख १७ आइतबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल बैशाख १७ गते आइतवारको राशिफल
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । बैशाख महिनाको १७ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ अप्रिल महिनाको ३० तारिख ।
योगः  अतिगण्ड योग, ०९ ः२८ बजेपछि सुकर्मा योग ।
तिथीः वसन्त ऋतु बैशाख शुक्लपक्षको चतुर्थी तिथी, ०८ः४५ बजेपछि पञ्चमी । 
नक्षत्रः मृगशिरा नक्षत्र, १३ः३७ बजेपछि आद्र्रा नक्षत्र ।
करणः भद्रा करण ०८ः४५ बजेसम्म उपरान्त बव करण ।
चन्द्रमाः  मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः२८ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३६ बजे ।
राहुकालः१६ः५७ बजेपछि १८ः३६ बजेसम्म ।
यात्राः ०८ः४५ बजेपछि नैऋत्य दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने ग्रहयोग परेकको छ । अस्वभाविक फुर्तिको सम्भावनालाई पनि नकार्न सकिन्न । महत्त्वपूर्ण काममा आवश्यक तयारी पुग्दा पनि अदृष्य कार्यावरोध हुनसक्ने छ जसको लागि हनुमानवीरको स्तुती लाभप्रद हुनेछ । उद्यम तथा व्यवसायिक पेशा आदिमा सामान्य लाभ र सन्तोष हुने नै छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने र केही प्रशंसा पनि मिल्ने छ । आज यहाँलाई तीन अंक र निलो तथा हरियो रङ्गको प्रयोग शुभ रहने छ भने दिदीबहिनीलाई उपहार दिनुले पनि विशेष अर्थ राख्नेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन आँट एवम् जमर्को ठूलै हुनखोज्ने तर काम पूर्ण हुन ग्रहको केही अबरोध रहने गोचरको स्थिति देखिएको छ । तथापि वाणीमा मिठास आउन खोज्नेछ भने बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न मद्दत पुग्नेछ । अल्लि प्रयत्न गरेमा प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयको प्रस्तुतिलाई सकारात्मक र प्रभावशाली बनाउन सकिनेछ । व्यवसायबाट आर्थिक लाभ हुनेछ । परोपकार एवम् सामाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । ग्रहको अबरोध निवारणको लागि गुरुजनप्रति सेवा श्रद्धा तथा शिक्षाक्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आर्शिवाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षप्रद छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषय मन आकर्षित हुनेछ । पारिवारिक आवश्यकताहरु पनि बृद्धि हुने र आर्थिक भार थेग्न हम्मेहम्मे पर्नेछ । आज मानसिक चञ्चलतालाई रोक्न धैर्य र संयम धारण गर्नु उपयुक्त हुनेछ । प्रतिकूलता हटाउन कुमारीदेवीको भक्तिभावले मद्दत दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्ग हितकर हुनेछ भने असहाय क्षेत्रमा दानदिनाले खर्चयोगको दोषलाई न्यूनिकरण गर्न सकिनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन सामान्यतया आम्दानी बढ्ने तर अपेक्षा गरे अुनुसारको लक्ष्यपुग्न कठिन पर्नसक्ने ग्रहगोचर परेको छ । औपचारिक भेटघाट हुने र कमिकमजोरी ढाकछोप गर्नसकिने छ । केही हद्सम्म दैनिकी तथा ससाना व्यवसायिक कार्यमा प्रगति हुनेछ । केही संघर्ष तथा अड्चनबावजुत पनि आम्दानी गर्नसकिने छ । मान–सम्मान–पदप्रतिष्ठा एवम् जिम्मेवारी लिनपर्नसक्ने र विद्यार्जनका लागि उपयुक्त दिन रहने छ । व्यवहारिकता, भेट्दर्शन आदिमा समयको सदुपयोग गर्नु उचित हुनेछ । हर्ष र सुखकर समाचार मिल्नाले मानसिक शान्ति र दृढता बढ्नेछ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने भएतापनि आफ्नै आत्मबल कमजोर रहनसक्ने सम्भावनाको छ । सोंचेजति नभएपनि व्यापार व्यवसायबाट केहीहद्सम्म लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि दिनलाई सकारात्मक मान्नसकिन्छ । उच्च ओहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । राजकाज तथा जागिर आदिमा पनि सहज वातावरण बन्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोगव्यवहार शुभ रहने छ भने सूर्यदेवको स्तुति गर्नु उपयुक्त हुनेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सकारातमक मान्नसकिन्छ । पेशा तथा व्यवसाय अनुसारको सफलता मिल्नसक्ने गोचरले युक्त भएको दिन रहेको छ । उद्योग फस्टाउने छ, उच्चवर्गसँग भेट तथा संपर्क स्थापित हुनेछ, मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्त हुनेछ । धार्मिक–आध्यात्मिक चिन्तनको विकास हुने तथा सकारात्मक भावनाले प्रसय पाउनेछ । योगमार्गीहरुको लागि दिन विशेष उपलब्धिमूलक हुनसक्ने छ । यो राशि हुने आमव्यक्तिको हकमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने र आर्थिक पक्षमा पनि सुधार आउनेछ । स्वजनसँग भेटघाट हुने तथा विशेष जरुरीमा सहयोग पनि मिल्ने हुनाले मनोबल पनि बढ्दै जाने र सफलता मिल्ने दिन छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले भगवान सूर्यनारायणको भक्तिभाव गर्नु शुभकर हुनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने विपरित लिङ्गिसँगको समन्वयात्मक कार्य फापसिद्ध हुनसक्ने छ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ । जसको निवारणको लागि शनिदेवलाई खुशी बनाउनु बुद्धिमानी हुनेछ । बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । शर्त कम गरेर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । लक्ष्मीको कृपा हुनेहुनाले व्यवसायिक उन्नति हुन गई आर्थिकभार हल्टो हुनेछ । कसैकसैलाई स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन विद्यार्थीको लागि बढी उपयोगी रहनसक्ने छ । बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । सर्वसाधारणको हकमा पनि दिन स्वभाविक उपलब्धिकर नै रहनेछ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ ।सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन छलफल तथा बहस आदिमा मत बाझिने र असमझदारी हुनसक्ने छ ।  सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । मातृशक्तिको आज्ञा वा आर्शिवाद लिएर अघि बढ्नुले कुनै तर्फबाट आकस्मिक उपलब्धि एवं लाभ हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रमा सफल हुन सकिनेछ । 

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : [email protected]

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan