Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल बैशाख १८ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख १८ सोमबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल बैशाख १८ गते सोमवारको राशिफल  
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । बैशाख महिनाको १८ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको ०१ तारिख ।
योगः   सुकर्मा योग, ०६ः२९ बजेपछि धृति योग ।
तिथीः वसन्त ऋतु बैशाख शुक्लपक्षको पञ्चमी तिथी, ०६ः२५ बजेपछि षष्ठी । 
नक्षत्रः आद्र्रा नक्षत्र, १२ः०५ बजेपछि पुनर्वसु नक्षत्र ।
करणः बालव करण ०६ः२५ बजेसम्म उपरान्त कौलवकरण ।
चन्द्रमाः  मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः२७ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३७ बजे ।
राहुकालः०७ः०५ बजेपछि ०८ः४४ बजेसम्म ।
यात्राः ०६ः२५ बजेपछि दक्षिण दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन यद्यपि गोचर उपलब्धिमूलक देखिन्छ । तथापि उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्नेछ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोगको र हनुमानदेवको स्तुति गर्नु शुभप्रद हुनेछ । साथमा शनिदेवलाई खुशी बनाउनु उपयुक्त हुनेछ । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रगति भई परिस्थितिमा सुधार आउनेछ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन र खुशीयाली बढ्ने छ । यात्रा तथा आफन्तीसँग भेट्घाट आदिको अवसर मिल्नसक्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँ काममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान शिवको भक्तिसाधनाले कृपाप्राप्त हनुेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूलताको तुलनामा संघर्ष बढी महसूस हुनेछ । सामान्य कार्य पनि बढीनै कोसिस गरेरमात्रै अगाडि बढाउन सकिने छ । वास्तविकता नबुझि बहकावमा आएर गरिएको कामबाट धोखा हुनसक्ने छ । आफूसँग सम्बन्ध नभएको विषयमा चेष्टा गर्दा उल्टो तथा मद्होसमा आएर गरिएको कामले पक्कै पनि पश्चाताप दिने र खतिक्षति व्यहोर्न पर्नसक्ने छ, समयमै सजग हुनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलताले अनर्थकर यात्रा पनि गराउन सक्ने सम्भावना देखाएको छ, धैर्यधारण गर्न जरुरी देखिन्छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंग फापकर हुनेछ भने भगवान शङ्करको भक्ति शुभप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आशा र अपेक्षा तथा आश्वासन राम्रै उपलब्धिको हुने तर कार्यान्वयन हुनलाई गाह्रोपर्ने देखिएको छ । योजना पनि ठूलैको हुने र मान्छहरुसँग फुर्तिफार्ति सोही मुताबिक हुँदा अन्तिममा बोली पासो पर्नसक्ने छ । तथापि सामान्य कामकार्य स्वभाविकै चल्नेछन् । दैनिक पेशा एवम् व्यवसायमा ठिकै सफलता होला । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको  निवारणको लागि माँ इन्द्रायणीको भक्तिभाव गर्नु उपयुक्त हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजका दिन ईज्जत एवम् प्रख्याति बढ्ने छ । उच्चतहका अधिकारीसँग संपर्क विस्तार हुनसक्ने छ भने त्यसले महत्त्वाकांक्षी भावना बृद्धि गर्नपनि सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । तथापि व्यापार व्यवसायबाट अपेक्षा गरेकै उपलब्धि गर्न अल्लि गार्हो पर्ने देखिन्छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा गर्न खोजिएको कामकार्यमा अल्मल्याहट् नआउला भन्नसकिन्न । सरकारी निकायबाट निम्ट्याउन खोजेको काम पनि अल्झिनसक्ने सम्भावना छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग गर्नु शुभ रहने भने कामकार्यमा आउने अल्झनलाई निराकरण शनिदेवको प्रतिक मानेर कागलाई खुवाउनु र हनुमान देवको दर्शन गर्नु उपयुक्त हुनेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन भाग्यप्रद रहेको छ । भाग्यको बृद्धि हुने तथा मनमा सात्त्विक विचारले प्रसय पाउने र धार्मिक कार्य सम्पादन हुनेछ । धार्मिक एवम् आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थप हुनसक्ने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान सदाशङ्ककर शिवको  दर्शनभक्ति फापकर हुनेछ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु पर्ने देखिएको छ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानी आदि स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ । अपेक्षा गरिएको तथा प्राप्त भएको आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ । दीर्घरोगीहरुले विशेष ध्यान गर्न जरुरी छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत मिल्नेछ । आज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोद बढ्ने छ । व्यापार व्यवसायको उन्नति हुनगइ आर्थिक सङ्कलन हुनेछ । आफन्ति जनको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । कसैकसैलाई चोटपटक आदिको भय पनि देखिएको छ, यात्रादिमा विचारपुर्याउनु बुद्धिमानी हुनेछ ।  प्रेमप्रसङ्ग तथा  विवाहको प्रस्तावमाथि अल्लि सुझबुझ गर्नु जरुरी हुनेछ ।  आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने विवाहदोष हुनेहरुले उपयुक्त उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । साथै भगवान आसुतोषको दर्शन भक्ति तथा स्तुति गर्नु हितकर हुनेछ ।  

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न कठिन देखिएको छ । हौंस्याहटको कारण बन्ने कामपनि बिग्रने हो कि भन्ने भय देखिएको छ ख्याल पुर्याउनु होला । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । सर्तमा लचकता अप्नाएर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावनालाई नकार्न सकिन्न स्वास्थ्यमा ख्याल पुर्याउनु होला । ग्रहको दुष्प्रभावमा कमि आओस भन्ने कामना गरी बृद्धा मातृशक्तिको सेवा गर्नु उपयुक्त हुनेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन विद्वतता प्रकट गर्ने अवसर मिल्नेछ । बुद्धिबलको माध्यमाबाट मान्छेहरुको मन जित्न पनि सफल भइनेछ । समयको सदुपयोग गर्नसके अध्ययन तथा लेखनमा प्रगति हुने हुनाले वद्यार्थी वर्गले दिनको बढी फाइदा उठाउन सकिनेछ । गृहस्थीलाई सन्तानपक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि फाइदा उठाउन सक्नुहुने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ शिक्षा क्षेत्रमा सहयोग गर्नु पूण्यप्रद हुनेछ । भगवान गौरीशङ्करको स्तुति विशेष फलप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन तार्किक एवं वहसपूर्ण कार्यमा तथा बैठक आदिमा मत बाझिने र असमझदारी हुनसक्ने ग्रहगोचर छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द सृजना हुनसक्ने छ ख्याल पुर्याउनु पर्ला । चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । खासै वास्ता नगरिएको काम बनेर लाभ तथा उपलब्धि हुने र गर्जो टर्नेछ । मातृजनको सेवा तथा भेट्दर्शन फलिफापपूर्ण हुनेछ ।

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan