Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल बैशाख २० गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २० बुधबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल बैशाख २० गते बुधवारको राशिफल
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । बैशाख महिनाको २० गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको ०३ तारिख ।
योगः   गण्ड योग, २२ः३८ बजेपछि वृद्धि योग ।
तिथीः वसन्त ऋतु बैशाख शुक्लपक्षको अष्टमी तिथी । 
नक्षत्रः तिष्य नक्षत्र, ०९ः४२ बजेपछि अश्लेषा नक्षत्र ।
करणः भद्रा करण १३ः३१ बजेसम्म उपरान्त बव करण ।
चन्द्रमाः  कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः२५ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३८ बजे ।
राहुकालः १२ः०१ बजेपछि १३ः४१ बजेसम्म ।
यात्राः १३ः३१ बजेपछि पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ख्याल पुर्याउनपर्ने खालको छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनु बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । चोटपटकको पनि भय छ । आँटसाहस र धैर्यता नगुमाई स्वकर्ममा लगनशील रहनाले अप्रत्यासित रुपमा लाभ र सफलता पनि मिल्ने देखिएको छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन हिम्मत, शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने छ । रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुले प्रशंसा गर्ने छन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने र उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्यको वातावरण बन्नेछ । व्यवसाय तथा पेशागत क्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ढुकुटीमा लक्ष्मीको र मुखमा सरस्वतीको बास हुने ग्रहयोग परेको हुनाले व्यवसायिक प्रगति भइधनदौल तथा खजाना जम्मा हुनेछ भने वाणीमा ओजस्विता बढ्नेछ । आज कवि तथा कवित्रीको कविता, वक्ताको प्रवचन, कलाकर्मीको गीतसंगीत आदिले राम्रो बजार लिनेछ । त्यस्तै सामान्य जनजीवनका व्यक्तित्त्वहरुको लागि पनि मुख्य कार्य विशेषमा आफन्तबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण नयाँ   उत्साह र उमङ्ग तथा कुशलता बढ्नेछ । नाताकुटुम्ब बढ्ने तथा पारिवारिक सदस्य थपिने पनि सम्भावना देखिन्छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन शरीरमा कान्ति र आकर्षण शक्ति बढ्नेछ । सामाकि मानप्रतिष्ठामा बृद्धि हुनेछ । विशेष मेजमानी तथा मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने छ ।  ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कर्मक्षेत्र तथा सामाजिक क्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज तपाईको लागि भगवान श्रीहरिको श्रद्धाभक्ति एवं उपाशना विशेष शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन प्रतिकूलता बढ्नसक्ने छ । सफलताभन्दा संघर्षलाई प्रसय दिएको गोचरयोग परेकोले कामकार्यमा हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले खतिक्षति र पश्चाताप पर्नसक्ने । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत सोँच एवं योजनाभन्दा बाहिरबाट आकस्मिक आयआर्जन तथा उपलब्धि भइ आत्मसन्तुष्टि हुने छ । देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजका दिन मिश्रित रहेको छ । अर्थकर उपलब्धि हुन खोज्ने तर अपेक्षा गरेजति हुन नसक्ने छ । आश्वासन मिलेको काम समयमै नभइदिँदा अल्लि दिक्कत लाग्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान श्रीगणपतिदेवको सेवा आराधना गर्नु तथा केटाकेटीलाई सख्खर आदि मिष्ठान्न खुवाउनुले ग्रहबाधालाई न्यून गर्न मद्दत हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन उच्चस्तरको मानसम्मान प्राप्त हुनसक्ने छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ । केही विशिष्ट मान्य व्यक्तित्त्वसँग सम्बन्ध विस्तार हुनसक्ने छ । राज्यतहबाट बनाउनपर्ने कार्य बनाउनको लागि पनि अनुकूल दिन रहेको छ । आज तपाईलाई एक अंक, रातो रङ्ग अनुकूल हुनेछ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभाव बढाउनु हितकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन समयले मोडलिएको छ । उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ ।  पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । आज तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान विष्णुको स्तुति आराधना विशेष शुभकारक हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मानिहाल्न हुनेछैन । कर्म क्षेत्रमा बाधा अड्चनको सामना गर्नपर्ने छ । सानोतिनो कार्यमा पनि संघर्षले मात्रै सफलता प्राप्त हुनेछ । विमारी परिनसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउनु होला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा केही अबरोध आउनसक्ने छ । उपर्युक्त प्रतिकूलताको बाबजुत सकारात्मक सोँचको विकास तथा धैर्य र संयमको अभ्यास थरी स्वकर्ममा लगनशील रहनाले आकस्मिक लाभ तथा उपलब्धि मिल्नसक्ने देखिएको छ । आज तपाईले बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन अल्लि तामसीप्रवृतिको वृतिविलासले प्रसय पाउने हो कि भन्ने देखिएको छ । आमोद–प्रमोद चाहना बढ्ने ग्रहगोचर छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि त्यतिकै रहेकोले होस पुर्याउन जरुरी छ । अन्यथा जोशमा होश गुमाउने र फुर्सदमा पछुताउने हुन सक्नेछ । व्यवसाय तर्फ सामान्यतया उन्नति हुनाले आर्थिक सङ्कलन गर्न सकिनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा भने विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको स्तुति गर्नु शुभकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसाय तथा व्यापार आदिबाट लाभ प्राप्त गर्नसकिने छ । अन्य जनव्यवहारका कार्यबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । स्वास्थ्यमा आरोग्यता बढ्नेछ भने अनुहारमा कान्ति छाउने छ । मानसिक हिम्मत र शारीरिक क्षमता बढ्ने तथा कामकार्यमा लागिपर्न मन लाग्नेछ । थातिरहेका कामहरु पूरा गर्ने अवसर प्राप्त भएको छ । व्यवसायिक कार्य, जागिर तथा उद्यमजन्य पेशाको क्षेत्रबाट आर्थि लाभ र उपलब्धिमूलक सफलता प्राप्त गर्नसकिने छ । विशेष स्थान विशेषको यात्रा योजना बन्नसक्ने कुरालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । पुरुषार्थ तथा शक्तिसाहस बढाउने गोचरयोग परेको हुनाले खेलाडि तथा अन्य शारीरिक प्रतिस्पर्धीहरुलाई सफलता मिल्ने छ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविज्ञानको पक्ष बलियो भएर आउने गोचर परेकोछ । विद्याधनको महत्त्वाकांक्षा तथा आत्मप्रशंसाको अभिलाषा पनि बढ्नसक्ने छ । आत्मरतीको आसक्तिलाई संयम गरी भद्रस्वभावको अभ्यास बढाउनसकेमा मानप्रतिष्ठामा विकास गर्न सकिने र विद्वतताको प्रसंशा मिल्ने पनि छ । सामान्यतया व्यवसायिक दिनचर्या अनुकूल नै रहनेछ तथापि बाह्य विषयमा समय दिनाले महत्त्वपूर्ण कार्य थातिरहन पनि सक्नेछ ख्याल पुर्याउनु होला ।  गृहस्थीहरुको लागि सन्तानपक्षबाट पनि सन्तोष मिल्नेछ । आज यहाँको लागि पाँच अंक, रातो रङ्ग र भगवान नारायण श्रीहरिको दर्शन भक्तिगर्नु लाभप्रद हुनेछ । 

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan