Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल बैशाख २३ गते शनिवार को राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २३ शनिबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल बैशाख २३ गते शनिवार को राशिफल
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । बैशाख महिनाको २३ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको ०६ तारिख ।
योगः   व्याघात योग, १७ः३० बजेपछि हर्षण योग ।
तिथीः वसन्त ऋतु बैशाख शुक्लपक्षको एकादशी तिथी, २२ः३२ बजेपछि द्वादशी तिथी । 
नक्षत्रः पूर्वफाल्गुनी नक्षत्र, ०८ः४९ बजेपछि उत्तरफाल्गुनी नक्षत्र ।
करणः वणिज करण १०ः३६ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  सिंह राशिमा, १४ः५५ बजेपछि कन्या राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः२३ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः४० बजे ।
राहुकालः ०८ः४२ बजेपछि १०ः२२ बजेसम्म ।
यात्राः १४ः५५ बजेपछि दक्षिण दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मध्याह्नसम्म सामान्य देखिन्छ । केही कामकार्य बन्ने र विद्याबुद्धिको विकास हुनेछ । इष्टमित्र एवं आफन्तजनको आगमन हुने भौतिक कर्मभन्दा बढी वैचारिक कार्यले समय लिने सम्भावना छ । नीति एवं सैद्धान्तिक वहसको स्थिति बन्नसक्ने छ । कसैकसैलाई बढी विद्वतता देखाउनपर्ने मानसिकताले अन्तिममा पछुतो दिनसक्ने छ । अपराह्नबाट भने आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, विपक्षिलाई  सम्झौतामा ल्याउनसकिने छ । खेलकुद आदिमा विजयी भइनेछ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने माँ सन्तोषीको साथमा भैरवदेवको स्तुति शुभकर हुनेछ ।  


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिनको पहिलो खण्ड अनपेक्षितरुपमा कामकार्यमा केही अड्चन तथा दिग्दारी आइपर्नसक्ने खालको देखिएको छ । भलै शुरुको केही संघर्षको बाबजुतपनि निराश भइहाल्न भने पर्दैन मध्यान्हबाट सुधार आउने देखिन्छ । आत्मबलमा ह्रास नगरी धैर्य रहने र बुद्धिविवेकले काम गर्ने गरेमा क्रमशः समस्या टार्नसकिने र शुभ फल प्राप्ति हुनेछ । तथापि सैधान्तिक र नीतिगत विषयमा व्यवहारिक कमजोरी भेटिनसक्छ ख्याल पुर्याउनु होला । केही बढी परिश्रमले पेशा तथा व्यवसायबाट आंशिक लाभ गर्न सकिनेछ । अनपेक्षितरुपमा आउने गरेका कार्य अड्चन र दिग्दारीलाई निवारण गर्न आज यहाँको लागि भगवान हनुमानको स्तुति गर्नु शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन दिन मध्यान्हसम्मको समय सामान्यतया ठिकै रहेपनि उपरान्त त्यति अनुकूल मान्न अल्लि नसिकने ग्रहगोचर छ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिनुपर्ला । क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउनु जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले केही उपलब्धि गर्नसकिने छ ।चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज यहाँको लागि मातृसेवा फापसिद्ध हुनेछ ।  

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन शक्तिको भरपुर प्रयोग गर्ने खालको छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । प्रेमपारखीहरुको लागि पनि दिन अनुकूल रहनेछ । आज यहाँको लागि तीन अंक, हरियो रङ्गको प्रयोग शुभ हुने छ भने दाजुभाई मिलेर काम गर्नु फलिफाप सिद्ध हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन ग्रहगोचरको केही अबरोधको बाबजुत पनि उद्यम–व्यवसायिक कार्यमा स्तरोन्नतिको जमर्को हुनेछ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने  बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । धनधातु एवं खजानाको कोष बृद्धिहुने छ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्गको प्रयोग व्यवहार शुभ हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म सामान्यतया संघर्षको महसूस भएपनि केही कामकार्यमा सफलता मिल्नसक्ने देखिन्छ । नसोँचिएको तर्फबाट आकस्मिक उपलब्धि हुने सम्भावना छ । उपरान्तको समय रमाइलो भने रहनेछ तथापि सम्पादन गर्नखोजेको कार्यमा अल्झन आउनसक्ने देखिन्छ । सामान्य तरिकाले समय व्यतित हुनसक्ने छ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर मिल्नसक्ने छ । सहयोग आउने आश्वासन मिल्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ । कामकार्यमा आउने अल्झन निवारणको लागि भगवान हनुमानको भक्ति गर्नु शुभप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन मध्यान्हसम्म ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । यहाँले आज कुनै कन्यालाई सेतो वस्तुको दान दिनु उत्तम हुनेछ अर्थात दानकर्मले सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ । त्यस्तै ३ अंक र पहेंलो रंगको प्रयोग यहाँलाई शुभ हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन आयप्रद देखिएको छ । स्वकार्यमा रत्रहनाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ । यो गोचर जनित शुभफल पाउन जन्मग्रहमा प्रतिकूल दशा भोग्नेहरुले भने केही उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म दिन धर्मकर्म एवं सामाजिक सद्भावलाई विकास गर्ने गराउने  ग्रहगोचर परेको छ । औपचारिक आदि कार्यमा सहभागी हुनपर्ने सम्भावना छ । सहयोगीहरुसँग भेटघाट हुनपाइने, शुभसमाचार सुन्न मिल्ने तथा नयाँ साथी बनाउन पाइने ग्रहको भूमिका छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । व्यापारिकहरुको लागि दिन बढी उपलब्धिकर हुनसक्ने छ । त्यसपछिको समय भने आँटसाहस ठूलो हुने, आश्वासन पनि मिल्ने तर काम हुनलाई अल्लि अड्चन आउने सम्भावना देखिएको छ । अबरोध तथा ग्रहदोष निवारणको लागि भगवान भैरवदेवको भक्ति तथा दर्शन गर्नु उपयुक्त हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही दिक्कत एवम् संघर्षपूर्ण रहेपनि क्रमशः सुधार आउने ग्रहयोग देखिएको छ । स्वास्थ्यमा सुधार आउने छ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने एवम् धर्मकर्ममा मन जाने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । सौहार्दपूर्ण वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अंक पहेलो रंग र असहाय क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म सन्तुलित नै भए पनि तदोपरान्त बुद्धिमा संकिर्णता, कार्यमा बाधाब्याबधान तथा कसैकसैलाई अपखबर मिल्नसक्ने देखिन्छ । विलासिता, राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले विचार पुर्याउन जरुरी छ । दैनिक कार्ययोजनालाई संयमित बनाउ“दा उपयुक्त हुनेछ । कसैकसैलाई समय तथा संसर्गी वा कसैले  झुक्याउन सक्ने र आकस्मिक झमेला आईलाग्नसक्ने छ । आज दीर्घरोगीले आहार विहारमा निकै ख्याल पुर्याउन जरुरी देखिन्छ भने यो राशि हुने आमसर्वसाधारणले पनि होसियारी पूर्वक जनव्यवहार गर्नु उचित हुनेछ । अन्यथा उन्मादमा आएर गरिएका कार्यले पश्चाताप दिनसक्ने सम्भावना छ ख्याल गर्नुहोला ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतय उमङ्गिलो रहनेछ । बिहानी खण्डमा स्वजनबाट सहयोग मिल्नेछ  प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । मध्याह्न उपरान्तमा प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । बढी आसक्ति गरेको कामलाई पूर्ण गर्न भने ग्रहले छेकबार गरेको देखिन्छ । तथापि त्यति महत्त्वमा नपरेका कामहरु बन्ने छन् । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । आज तपाईँले ग्रहको छेकबारलाई हटाउन विद्वान गुरुजनको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ ।   

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan