Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल बैशाख २८ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २८ बिहिबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल बैशाख २८ गते बिहीवारको राशिफल
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । बैशाख महिनाको २८ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको ११ तारिख ।
योगः   वरियान योग, १६ः३० बजेपछि परिध योग ।
तिथीः वसन्त ऋतु ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथी ।  
नक्षत्रः विशाखा नक्षत्र, १६ः३५ बजेपछि अनुराधा नक्षत्र ।
करणः बालव करण १५ः१४ बजेसम्म उपरान्त कौलव करण ।
चन्द्रमाः  तुला राशिमा, ०९ः५८ बजेपछि बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः१९ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः४२ बजे ।
राहुकालः १३ः४१ बजेपछि १५ः२१ बजेसम्म ।
यात्राः अत्यावश्यकमा मात्रै पश्चिम दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विहानी समय ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । आज यहाँले फजुलको हतार नगरेकै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ हुनेछ भने माँ बगलामुखीको सेवाआराधना गर्नु शुभप्रद हुनेछ । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । विवाह योग्य युवायुवतीको लागि विवाह तथा प्रेम प्रस्तावको सम्भावना पनि रहेको छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माङ्गलिक दोष हुनेहरुले उपयुक्त उपायको साथमा माँ बगलामुखीको दर्शन भक्ति गर्नु हितकर हुनेछ । 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त भएकोले विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ ।  व्यवसायिक पक्षपनि मज्बुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । सन्तान अभाव वा दोष पर्नेहरुले निवारणको लागि गुरु बृहस्पति वा गुरुजनको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ । 

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज त्यति अनुकूल मान्न अल्लि नसकिने दिन रहेको छ । अनायासै कसैसँग विवाद वा मनोमालिन्य हुनसक्ने सम्भावना देखिन्छ । साथीभाई तथा सहकर्मीसँग पनि कटुता हुनसक्ने भएकोले होसिरयारी अप्नाउनु बुद्धिमानी हुनेछ । व्यवसायिक कार्य तथा पारिवारिक मुद्धामा पनि संयमित भएर कार्य सम्पादन गर्नु मनासिब हुनेछ । दैनिक कार्यआदिमा साविकको भन्दा अल्लि बढी मेहनतले आंशिक उपलब्धि निकाल्न सकिनेछ । मानसिक संकिर्णतालाई हटाउन सकारात्मक सोँचविचारको अभ्यास गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई नगरी नहुने महत्त्वपूर्ण काम गर्नुपर्दा आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वा सल्लाह लिएर गर्नु शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल परेको छ । शरीरमा पर्याप्त रुपमा स्फुर्तिको विकास हुने र प्रसस्तमात्रामा काममा रुचि बढेर आउनेछ । शुभेच्छुकहरुबाट सहयोग मिल्ने र पेशा तथा व्यवसायबाट अर्थलाभ गर्नसकिने छ । स्वकार्यमा लगनशील रहनाले फाइदा एवम् सफलता हातपार्न सकिने छ भने क्षणिक तथा लघुकार्यहरु पूर्ण हुनेछन् । आज यहाँलाई विपक्षविरुद्धको सामनामा विजय प्राप्त हुनेछ । इष्टमित्रहरुसँग भेटघाट हुने र  कार्ययोजनाको बारेमा फलिभूतिरुपमा छलफल हुने र केही हद्सम्म निस्कर्ष पनि निकाल्न सकिने छ । शुभेच्छुकबाट मद्दत मिल्ने र आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन गोचर प्रभाव सकारात्मक देखिएको छ । जसको कारणले गर्दा बोलीको माधुर्यताले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । प्रतिनिधित्त्व गर्ने व्यक्ति तथा वाणीवृति हुनेहरुको लागि आजको दिन बढी अनुकूल रहनसक्ने छ । परोपकारादि समाजसेवाको अवसर मिल्नेछ भने धन–धातु–खजाना आदिको संग्रह गर्न पनि सकिने छ । कुटुम्बजनसँग मिलन हुने र व्यवहारिक कुशलता प्रकट गर्न पाइने छ । श्रृङ्गार सामाग्री आदिमा लगानीको पनि सम्भावना छ । आज यहाँलाई दुई नम्बर, सेतो रङ्गको प्रयोग र देवी बगलामुखी माँको भक्तिभावले सफलतामा थप बल दिनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन राहत मिल्ने खालको परेको छ । व्यवसायिक लगानीको अबसर तथा प्रस्ताब आउनसक्ने छ । पार्टनर्शिपको कामबाट भने बच्नु बुद्धिमानी हुनेछ । संस्थागत कार्यकर्ताको लागि भने औपचारिक कार्य आदिमा व्यस्त रहनपर्ने देखिएको छ । कुनै माङ्गलिक कार्यक्रम आदिमा सरिक हुनपर्ने तथा स्वादिष्ट भोजनको अवसर मिल्ने र उपहार व्यवहार गर्नुपर्ने हुनसक्ने छ । पेशा तथा व्यवसायिक कामबाट अर्थलाभ हुनेछ । शुभेच्छुक जनहरु भेटिने तथा सहयोग जुट्ने छ । समाज सेवा, जागिर एवम् राजनीतिकको क्षेत्रमा पनि ग्रहले अनुकूल प्रभाव दिएको छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन विहानी समयसम्म ठिकै उपलब्धिकर रहनेछ । कामकार्य एवम् पेशागत क्षेत्रबाट लाभ एवम् सफलता मिल्नेछ । त्यसपछि भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । आज यहाँलाई संघर्ष निवृतिको लागि माँ बगलामुखीको दर्शनभक्ति गर्नु उत्तम हुनेछ भने ३ अंक र पहेंलो रंगको प्रयोग गर्नु शुभप्रद हुनेछ । साथै दानकर्मले पनि सम्भावित अनिष्टबाट बचाउन मद्दत गर्नेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामार खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ  भने माँ बगलामुखी तथा विद्यार्थीहरुले माँ सरस्वतीको दर्शनभक्ति गर्नु हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन केही घमण्डी स्वभावको विकास नहोला भन्न सकिन्न तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । आज यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन बिहान उपरान्त क्रमशः सहज बन्ने देखिन्छ । भाग्य एवम् धर्म बृद्धि हुने ग्रहयोग परेकोले उपयुक्त विषयमा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन सकिने छ । कसैकसैलाई तीर्थ यात्राको सम्भावना पनि रहेको देखिन्छ । महत्त्वपूर्ण योजना एवम् व्यवसायिक कार्यको बारेमा पनि सरसल्लाह हुनसक्ने छ भने पेशागत क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ । आज यहाँको लागि धार्मिक क्षेत्रलाई सहयोग गर्नु तथा विद्यार्थीलगायत सबैले सरस्वतीदेवीको भक्तिभाव बढाउनु ज्ञानप्रद हुनेछ । 

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan