Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल जेठ २ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ २ मंगलबार
newsabhiyan
newsabhiyan

बि.सं.२०७४ साल जेठ २ गते मङ्गलवारको राशिफल  
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । जेठ महिनाको २ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको १६ तारिख ।
योगः   शुभ योग, १८ः४६ बजेपछि शुक्ल योग ।
तिथीः ग्रीष्म ऋतु ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथी, ११ः३१ बजेपछि पञ्चमी ।  
नक्षत्रः उत्तराषाढा नक्षत्र ।
करणः तैतिल करण ११ः३१ बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  धनु राशिमा, ०८ः५७ बजेपछि मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः१६ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः४५ बजे ।
राहुकालः १५ः२३ बजेपछि १७ः०४ बजेसम्म ।
यात्राः पूर्व दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँले मान्यजनको दर्शन भेट् र आर्शिवाद लिनु उपयुक्त हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन चाहना एउटा तर प्राप्ति अर्को हुनसक्ने छ । अपयश तथा दबाबको बाबजुत पनि केही उन्नति हुने गोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्य सम्पादन गर्न सकिने दिन छ । समाजसेवा तथा परोपकार लगायतका कार्यमा संलग्न हुन सकिने र प्रतिष्ठा पनि बढ्ने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुनेछ । जागिर आदिमा पनि सन्तोष मिल्ने खालको वातावरण बन्नसक्ने छ भने यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिन्छ । रोकिएर रहेका केही काममा सफलता मिल्नेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिकक्षेत्रलाई सहयोग गर्नु गुरुगणपतिको भक्तिभाव एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन संर्घषप्रद गोचर छ । अल्लि सोँचविचार एवं योजना विपरित परिस्थितिको सृजना भएको महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिनसक्ने देखिन्छ । हृदय आदि दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज गुरुगणपतिको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि त्यतिकै रहेकोले होस पुर्याउन जरुरी छ । अन्यथा जोशमा होश गुमाउने र फुर्सदमा पछुताउने हुन सक्नेछ । व्यवसाय तर्फ सामान्यतया उन्नति हुनाले आर्थिक सङ्कलन गर्न सकिनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा भने विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको स्तुति गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन खास लाभ एवं उपलब्धिमूलक रहनेछ । स्वास्थ्यमा आरोग्यता बढ्नेछ भने अनुहारमा कान्ति छाउने छ । मानसिक हिम्मत र शारीरिक क्षमता बढ्ने तथा कामकार्यमा लागिपर्न मन लाग्नेछ । थातिरहेका कामहरु पूरा गर्ने अवसर प्राप्त भएको छ । व्यवसायिक कार्य, जागिर तथा उद्यमजन्य पेशाको क्षेत्रबाट आर्थि लाभ र उपलब्धिमूलक सफलता प्राप्त गर्नसकिने छ । विशेष स्थान विशेषको यात्रा योजना बन्नसक्ने कुरालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । पुरुषार्थ तथा शक्तिसाहस बढाउने गोचरयोग परेको हुनाले खेलाडि तथा अन्य शारीरिक प्रतिस्पर्धीहरुलाई सफलता मिल्ने छ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजका दिन आफै जान्ने सुन्ने देखिन खोज्दा मान्छेका मुल्याङ्कनमा कमजोरी भेटिनसक्छ । अल्लि होसविचार पुर्याएर चल्नपर्ने दिन रहेको छ । ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला । मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ पनि प्राप्त हुनेछ । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न समय गुज्रनसक्ने छ । समयप्रति अल्लि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । लगनशीलतापूर्वक स्वकर्ममा खट्नाले भने उपलब्धि एवं लाभ हातपार्न सकिनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले  काम कार्यमा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजश दिन सक्नेछन् । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत मिल्नेछ । आज तपाईले जनव्यवहारमा आवश्यकभन्दा बढी सरोकार नराखेकै राम्रो हुनेछ । भइपरि आउने दैनिकी कामकार्यमा सत्चिन्तनको साथमा लाग्नु भएमा सम्भावित प्रतिकूलतालाई कम गर्न तथा केही लाभ प्राप्त गर्न सकिनेछ । आमा वा आमासमानकी व्यक्तित्त्वको मार्गदर्शन लिनु आज यहाँको लागि विशेष शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मत, शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने छ । रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुले प्रशंसा गर्ने छन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने र उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्यको वातावरण बन्नेछ । व्यवसाय तथा पेशागत क्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने सिद्धिविनायक श्रीगणेशको सेवाआराधना गर्नुले अनिष्टदोषलाई हटाउन मद्दत हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन कान्ति तथा रुपरङ्ग र शारीरिक आकर्षण बढ्नेछ । मानप्रतिष्ठा पनि बृद्धि हुनेछ । भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आत्मसन्तुष्टि मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने छ भने लगानी भएको शेयरमा बृद्धि हुनाने छ । आज तपाईले भगवान श्री गणेशको भक्ति स्तुति एवं उपाशना गर्नु विशेष शुभकर हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्ष गर्नपर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ ।मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।


मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक उन्नति हुनेछ । प्रतिस्पर्धामा विजय एवं ख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्नाले अधुरा रहेका कामलाई पूर्णता दिनसकिने छ ।  स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने ऋषिसिद्धिपति गणेशको भक्ति विशेष फापसिद्ध हुनेछ । 

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan