Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिराले छको मृत्यु (अपडेट)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २० शुक्रबार
newsabhiyan

बागलुङ, २० साउन । घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । चारै जनाको शव घरभित्र पुरिएका अवस्थामा भेटिएको प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । नन्दकली र विन्दुको शव बिहान फेला परे पनि मणिमान र गीताको शव भने अपराह्न मात्र पहिराबाट निकालिएको थियो ।

यस्तै पहिराले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उहाँकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरामा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ ।

यससँगै मृत्यु हुनेको संख्या छ पुगेको छ । बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेपत्ता सिँजालीको बिहानैदेखि खोजी गरिरहेको थियो । भीषण वर्षापछि गए राति ठाउँ ठाउँमा गएको पहिराले धनजनको क्षति पु¥याएको हो ।

“जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिराले क्षति पु¥याएको छ”, प्रहरी उपरीक्षक खापुङले भन्नुभयो, “घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।” कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटिएको जनाइएको छ । गत वर्ष जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिराले ठूलो क्षति पु¥याएको थियो । घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इप्रका बुर्तिबाङबाट प्रहरी खटाइएको जनाइएको छ ।

अन्य सामाजिक संघसंस्था पनि राहतका लागि जाने तयारीमा छन् । निसीखोला–१ का हुल्दी, सल्लाबोट, देउरालीटोल, गाउँखर्क, नुन्थलालगायत ठाउँमा गरी १५० भन्दा बढी घरधुरी पहिराको जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । जमिन चिरा परेको हुँदा पानी पर्नासाथ पहिरो खस्ने डरले घर छाडेर स्थानीय बासिन्दा सुरक्षित ठाउँतिर गइरहेको इप्रका बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan