Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी भ्यानमा बम बिस्फोट, प्रहरी निरीक्षक सहित चारजना प्रहरी घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २२ आइतबार
newsabhiyan
newsabhiyan

सप्तरी, २२ साउन ।  सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा प्रहरी भ्यानलाई लक्षित गरी बम बिस्फोट हुँदा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना प्रहरी घाइते भएका छन् ।

गएराति गस्तीमा रहेको प्रहरी टोलीको बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट भएको हो ।

घाइतेमध्ये प्रहरी निरीक्षक यादवको अवस्था गम्भीर रहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभएको छ ।

भ्यानमा १२ जना प्रहरी रहेकोमा अरु ८ जनालाई भने चोट लागेको छैन । राति साढे ११ बजे भएको बिस्फोटको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको  प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan