Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनता बैंकलाई नेपाली जनताको बैंक बनाउने छौं

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

परशुराम कुँवर क्षेत्री - सिइओ जनता बैंक नेपाल लिमिटेड

बैंकर परशुराम कुँवर क्षेत्री चिनाई राख्नु पर्ने नाम होईन । १९८६ मा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक (हाल स्टयाण्र्डड चार्टड बैंक नेपाल) मा सहायक पदबाट आफ्नो बैंकिङ जीवन शुरु गरेका क्षेत्री अहिले जनता बैक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन ।
करिब तीन दशक बैंकिङ क्षेत्रमा विताउनु भएका क्षेत्री पुराना र चर्चित बैंकरहरुको लिष्टमा पर्छन । विदेशी लगानीमा नेपालमा स्थापना भएको टयाण्र्डड चार्टड बैंक नेपाल लिमिटेडमा नर्सरी   (सहायक तह) बाटै आफ्नो बैकिङ जिवन शुरु गरेको एउटा गाउँले केटो सो बैकबाट बाहिरिदा १७ बर्षको बैकिङ अनुभव बटुल्दै सोहि बैकमा निमित्त सिइओ भईसकेका क्षेत्री राज्यको स्वामित्वमा रहेको त्यसबखत वित्तीय सुधार कार्यक्रम अन्र्तगत नेपाल बैकमा विदेशी ब्यवस्थापन समुहको एक सदस्य, सिटिजन्स इन्टरनेशनलमा महाप्रवन्धक, बैक अफ एशिया र ग्राण्ड बैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेर थप ज्ञान र अनुभव हासिल गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई तालिम कक्षाको माध्यामबाट आफुले आर्जन गरेको ज्ञान र अनुभव बाड्ने र वित्तीय क्षेत्रमा नै नीति निर्माण गर्न सहयोग पुर¥याउने मुख्य उदेश्य राखी परामर्शदात्रीका रुपमा काम गर्दै देशको धेरथोर सेवा गर्दै आएका बैंकर हुन ।
निडर र साहसी स्वभावका जनता बैक नेपाल लिमिटेडका सिईओ  परशुराम कुँवर क्षेत्रीसँग पत्रकार भुपेन्द्र आचार्यले जनता बैकको पछिल्लो अबस्था, ८ अर्ब पूँजी वृद्धि योजना, स्थानिय तहमा बैंक र वित्तीय क्षेत्र पुर¥याउने तयारी र समग्रमा देशको अर्थतन्त्रमा बैंक र बैंकरको भुमिका बारेमा गर्नुभएको अत्यन्तै लामो कुराकानीको सम्पादित केहि अंशहरु ः 

जनता बैंक लिमिटेडको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो बैंकको वित्तिय अवस्था अत्यन्तै सन्तोषजनक छ । यस अघि हामीले त्रिवेणी विकास बैंक मर्ज गरि सकेका छौं । हामी आसार ३० मा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै छांै र यस प्राप्ती पछि हाम्रो डिपोजिट करीव ५० अर्व र कर्जा करीव ४५ अर्व हुनेछ । नेपालकै ठूलो शाखा सञ्चालन भएका वाणिज्य बैंक भित्र जनता बैंक पर्ने छ । शाखा ११४ वटा हुने छन् ।
 

पूँजी बृद्धिको योजना कस्ता छन् ?
सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पछि चुक्ता पूँजि करीव ७ अर्व पुग्नेछ । जनता बैक नेपाल, त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा तथा पूँजिगत जगेडाबाट रु. १ अर्व बोनस शेयर दिएर हामी ८ अर्ब पूँजि पु¥याउने योजनामा छौं ।
 

जनता बैंकमा कर्माचारी मिलानबारे पटक पटक समस्या आए अब कसरी अगाडि बढ्ने योजना छ ?
प्रचारमा आएको जस्तो समस्या यहाँ केही छैंन । एउटा जिवन्त संगठनमा मुद्दाहरु हुनु स्वाभाविक हो र यस्ता मुद्दाहरु सम्बोधन गर्दैं लैजानु स्वभाविक प्रकृया पनि हो । खास गरेर मर्जर पछि केही कन्फ्यूजन आउनु साधारण कुरा हो । त्रिवेणी विकास बैंक मर्जर र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्राप्तीको प्रकृयामा ती बैंकका कर्मचारीहरुको मिलान गर्ने कार्यदलमा म आफै एक विशेषज्ञका हैसियतले काम गरेको थिए । यसले गर्दा ३ वटै बैंकको कर्मचारीहरुलाई नजिकबाट बुझ्ने मौंका मिल्यो । विगत १ महिनामा काम गर्दै जादा कर्मचारी साथिहरुले मलाई सहयोग र साथ दिइरहनु भएको छ ।
 

राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक र वित्तीय पहँुच पु¥याउन पर्ने निर्देशन दिएको अवस्था छ । र नेपाल बैंकर्स संघले पनि यो यो ठाउँमा जान सकिने भनेर राष्ट्र बैंकलाई पत्राचार गरेको छ । तपाइँको बैंकको योजना के छ ?
जनता बैंकका केही शाखाहरुलाई अर्को स्थानमा सार्नु पर्ने छ । केही शाखाहरु थप गर्नुपर्ने छ । हामी हाम्रो भागमा परेका सबै स्थानीय तहमा यथाशिघ्र शाखा खोल्ने तयारीमा छौं । यसले बैंकको आर्थिक क्रियाकलाप बढाउने छ । संविधान मै सरकारी कारोवार गर्न वाणिज्य बैंक चाहिन्छ भनेको अवस्थामा हामी स्थानीय तहमा जानुपर्दछ र जनता बैंक पनि राष्ट्र बैंकको निर्देशन बमोजिम जाने नै छ ।

सिद्धार्थ डेमलभपेन्ट बैंक र जनता बैंक वीच एकिकृत कारोबार कहिलेबाट शुरु हुन्छ ?
हामीले नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकिकृत कारोवार गर्ने अन्तिम स्वीकृत पाइसकेका छौं । हामी आगामी असार ३० गते एकीकृत कारोबार गर्ने छौं ।

प्रसंग बदलौंः बैंक र वित्तीय क्षेत्रमा तरलता अभाव भएकै कारण डिपोजिटमा १२ प्रतिशत ब्याज दिने प्रस्ताव आए यसले कर्जामा कस्तो असर पार्ने देखिन्छ ?
ब्याजदर बजारले निर्धारण गर्ने हो । हामी बैंकहरुले होइन । खर्च नभइकन राज्यको कोषमा थुप्रिएको पैसा बढ्दा, ब्यापार घाटा र विप्रेषणको घट्दो वृध्दिदर जस्ता मुख्य कारणहरुले विगत १ वर्षमा झण्डै रु.१०० अर्वले भुक्तानी सन्तुलनको बचतमा गिरावट आएको छ । यसले कर्जा लगानीमा योग्य तरलतामा नकारात्मक असर परेको छ । तर पनि बजार सहज भएपछि ब्याजदर घट्ने छ । १२ प्रतिशतमा डिपोजिट लिएर १०÷११ प्रतिशतमा कर्जा दिनुपर्ने बाध्यता पनि छ । तर यो लामो समय रहँदैन ।

व्याजदरले असार मसान्तको क्लोजिङमा कस्तो असर पर्ला ?
खासै असर पर्दैन । राष्ट्र बैंकको निर्देशन अनुसार ब्याजदर बढेका कारणले कर्जा पुनर्तालिकिकरण गर्दा कुनै अतिरित्त कर्जा ब्यवस्था गर्न पर्दैन ।

नेपालमा कर्जा लिने व्यक्तिलाई कर्जा डिफल्ट भएपछि कारवाही हुने तर कर्जा दिने बैंकरलाई अनुसन्धान समेत नहुने यो कस्तो कानुन हो ?
सामान्यतः बैंकलाई घाटा हुने गरी कर्जा प्रवाह हुँदैन । यदि ग्राहकले बदमासी गरे बैंकले धितोबाट कर्जाको साँवा ब्याज बिक्री गरेर लिन सक्दछ । केही कर्जा डिफल्ट सबै बैंकका भएका छन् । सही नियतले दिएका कर्जा पनि खराव भएका छन् । बद्नियत बस दिएका अधिकांस कर्जा बिग्रेका छन् । यस्ता कर्जाहरु प्रवाह गर्ने कति बैंकर कारवाहीमा परेका पनि छन् । भागाभाग भएका पनि छन् । राष्ट्र बैंकले हस्तक्षेप गरेका घटना पनि छन् । यसकारण कारवाही बदमास गर्ने दुवै थरिलाई भएको छ । तर सहि नियतले दिईएका कर्जाहरु कुनै कारणले खराव भएका कारण बैंकरलाई कार्वाही गर्न थालियो भने कुनै पनि बैंकरले कुनै पनि कर्जा फाइलमा हस्ताक्षर गर्न नमान्ने अवस्था आउन सक्छ ।

मौद्रिक नीति जारी भएको छ । यसमा तपाईको प्रतिकृया ?
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरु लगायत सवै सरोकारवालाहरुको राय सुझाव लिदै आन्तरीक गृहकार्य  गरि सरकारले वजेट मार्फत सार्वजनिक गरेको आर्थिक बृध्दिको लक्ष्यलाई टेवा दिने किसिमको दस्तावेज मौद्रिक नितिका रुपमा जारी भएको छ । सर्सती हेर्दा मौद्रिक नीति सन्तुलित र धेरै जसो हामीले अनुमान गरे बमोजिम कै छ । यो नीतिलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले आउदा दिनमा परिपत्र र निर्देशनहरु जारी गर्ने छ । यसले नीतिमा भएका केही अस्पष्टतालाई स्पष्ट गर्ने छ । एउटै नीतिले देशका सवै समस्या समाधान गर्न सक्ने छैंन तर यसले देशको आर्थिक विकास र वित्तिय स्थायित्वमा निश्चय नै रचनात्मक भुमिका खेल्नेछ ।

नेपालको जनसख्याको ४१.५ प्रतिशत जनता मात्रै बैंकिङ पहुँच भित्र छन् । अब बैंक र वित्तीय संस्था स्थानीय तहमा पु¥याउने कुरा पनि छ । यो सख्या बढाउन के गर्नु पर्ला ?
तपाईले अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो । यसमा सबै लाग्नु प¥यो । हामी बैंक मात्रै लागेर पुुग्दैन सरकार पनि लाग्नु पर्दछ । स्थानीय तहमा बैंक पु¥याउने हो तर बाटो, विजुली, सुरक्षा सरकारले पु¥याउनु जरुरी छ । दुर्गम क्षेत्रमा शाखा खोल्दा केही सुविधा राष्ट्र बैंकले दिन्छ । यति मात्रै पर्याप्त छैन । अझै पनि गाउँ, घर, दूर दराजका जनताहरु सिरानीमा पैसा राखेर सुत्ने गर्दछन् । यसका लागि बैंकिङ शिक्षा र बैंकिङ साक्षरताका कुरा बढाउनु जरुरी छ । जनचेतना बढाउनु प¥यो मुख्य कुरा त जनताले डिपोजिट दिएर मात्रै हुँदैन लोन लिन पनि प¥यो अनि बैंकले नाफा कमाउने हो । लगानीकर्तालाई प्रतिफल दिन नाफा चाहिन्छ । राज्य र हामी बैंक दुवैको सहकार्यमा तपाईले भनेको बैंकिङ पहुँच बढाउने हो ।

अब स्थानीय तहमा बैंक वित्तिय संस्था पुगेपछि आर्थिक क्रियाकलाप बढ्ने र बैंक वित्तीय संस्थालाई काम गर्न सजिलो हुने हो नि होइन र ?
सही हो तर राज्य कोषको पैसा समयमै स्थानीय तहमा पुग्नुप¥यो र समयमै विकास निर्माणका काम स्थानीय तहबाट भएमा आर्थिक चलायमान हुन्छ र आर्थिक क्रियाकलाप बढ्ने हो । यसका लागि समयमै बजेट निकासा हुनु प¥यो । विकास खर्च समयमै हुनुप¥यो । राज्य कोषमा पैसा फ्रिज भएर बसेपछि बैंकहरुमा तरलता समस्या आउने हुन्छ । यस्तो हुन भएन । सबै राजनेता, सरकार, सरोकारबाला र हामी बैंकरहरु सचेत भएर लागेपछि देश विकास नहुने कुरै छैन तर खर्च समयमै हुनुपर्दछ ।

राष्ट्र निर्माणमा बैंक र बैंकरको भूमिका कस्तो हुनुपर्दछ ?
हामी जनताको पैसा लिएर जनतालाई कर्जा प्रवाह गरेर जनता धनी बनाउने काम गर्नेछौं । यसको संरक्षण र वातावरण राज्यले बनाउनु पर्छ । बैंकर र बैंक राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने संंस्था भएकोले हामीले कमाएको केही प्रतिशत सामाजिक उत्तरदायित्वका काममा खर्च गरेका छौं । मूख्य कुरा के छ भने सरकारले समयमै बजेट ल्याएर विकास निर्माणका काम समयमै गरेपछि बैंक र बैंकरले दिने सुविधा हामी दिन तयार नै छौ । अहिले पनि हाम्रो भूमिका राष्ट्र निर्माणमा महत्वपूर्ण नै छ ।

नयाँ वाफियाले बैंक र वित्तिय क्षेत्रमा कस्तो असर परेको छ ?
यसले सुधारका लक्षणहरु देखापरेका छन् । बैंकर, व्यापारी, राजनेताहरु को को बैंकमा बस्न पाउने को नपाउनेको छिनोफानो भएको छ । वित्तिय साक्षरताका कुरा छन् ।   सिइओहरुको कार्यकालको कुरा छ । त्यसकारण समग्रमा हेर्दा यो वाफियाले बैंक र वित्तीय क्षेत्रको स्थायित्वमा सकारात्मक देन दिने देखिन्छ । सुधारका लक्षण देखा परेका छन् ।

२१ औं सताब्दीमा पनि बैंक र वित्तीय क्षेत्रमा ठगी र चोरीका घटना हुनुलाई कसरी लिनुभएको छ ?
यो बैंकिङ क्षेत्रको अर्र्को चुनौती हो । चोर हामी भन्दा १–२ कदम अगाडि हुन्छ । त्यसकारण नयाँ नयाँ र आधुनिक बैकिङको प्रविधिको प्रयोग गर्दै अनुगमन र सुपरिवेक्षण क्षमता बढाउदै लानु पर्छ । बैंक स्टाफलाई तालिम दिने कुरा छ । अन्तर्राष्ट्रिय स्तरका आधुनिक बैंकिङ प्रणालीलाई नेपालमा भित्र्याएर यसको समाधान गरिनु पर्दछ । अब मोबाइल बैंकिङबाट सबै काम गर्न सकिन्छ । यसको लागि साक्षरता चाहिन्छ । पहुँच पु¥याउन प¥यो ।

फेरि प्रसंग बदलौः– जनता बैंक नयाँ ५÷६ वटा वाणिज्य बैंकहरुमा ८ अर्ब पूँजी पु¥याउने पहिलो बैंक बन्दैछ भन्दा फरक नपर्ला ?
हो सही हो । हामी नयाँ ५÷६ वटा बैंक भन्दा अगाडि नै ८ अर्ब पूँजी पु¥याउने छौं । हामीले राष्ट्र बैंकले दिएको समय र सीमा भित्रै ८ अर्ब पूँजी पु¥याउने छांै ।
तपाइँको जनता बैंक बनाउने योजना के कस्ता छन् ?
बैंैक जनताको पैसा राख्ने ठाउँ  र जनताको पैसा लगानी गर्ने ठाउँ दुवै हो । पूँजी बृद्धिसँगै लगानीका अवसर खोजी गर्दै कर्जा लगानी विविधिकरण गर्दै कर्जा बढाउदै लग्ने चुनौती छ । स्थानीय तहमा बैंक पु¥याउने चुनौती छन् ।  हाम्रो घर जग्गा अपार्टमेन्ट कर्जा अत्यन्तै कम छ । त्यसकारण लगानीकर्तालाई राम्रो प्रतिफल दिदै जनता बैंक जनताको बैंक बनाउने हाम्रो योजना छ ।
जनता बैंकमा ढुक्क भएर जनताले डिपोजिट गर्ने र लोन लिए हुन्छ ?
पहिला पनि यस्तो केही भएकै थिएन । वास्तविकता भन्दा विलकुल फरक केही प्रचारबाजी भए तर यस बैंकको वित्तीय अवस्था राम्रो छ । नाफा बढेको छ । ८ अर्ब पूँजी लगभग पुगेको अवस्था छ । अब ढुक्क भएर जनता बैंकमा जनताले डिपोजिट दिने, कर्जा लिने काम गरे फरक पर्दैन ।
अन्त्यमा केही बाँकी छ ?
हामी सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति पछि लगभग ८ अर्ब चुक्ता पूँजि पु¥याउने छौं । अव हामी देशको एक ठूलो र बलियो भएका छौं । निर्धक्क भएर यस बैंकमा कर्जा लिन र डिपोजिट दिन ग्राहकहरुलाई आग्रह गर्दछु । हामीे संचालक समिति र करिव एक हजार कर्मचारीहरु आफ्ना ११३ वटा शाखाहरु र ६७ वटा एटिएम संजालका माध्यमबाट ग्राहकहरु र शेयरधनी लगाएतका सरोकारवालाहरुको हित प्रवर्धन गर्न एक जुट भएर लागि पर्ने छौं । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan