Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘विप्लवको हावादारी हुंकार’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३० सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० साउन । भारतीय क्षेत्रमा बनाइएका बाँध, तटवन्धका कारण हरेक वर्ष बाढीपहिरो र डुबानको कहर झेल्दै आएको नेपालले यतिबेला व्यापक क्षति बेहोरेको छ । धनजन मात्र होइन, ८० प्रतिशत धानखेती पनि नष्ट हुनपुगेको छ ।

नेपालको इतिहासमै यति ठूलो बाढी, पहिरो र डुबानको क्षति भनेर टिप्पणी भइरहेको छ र मानवीय सहयोगको लागि सिंगो नेपाल जुरुक्कै उठ्न थालेको छ, अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको हात बढाएको छ ।

विप्लव भन्ने नेकपा माओवादी भन्ने शक्ति छ, जसले १९९ वर्षका लागि भारतलाई लिजमा दिएको कोशी ब्यारेजको ५६ ढोका नखोलिदिदा नेपालतिर व्यापक मानिस मारिएको, घरबार डुबानमा परेको र धनजनको क्षति भएको विपत्ति देख्यो ।

पहिलेदेखि नै भारतले कोशी व्यारेजको ढोका नखोले बमले उडाइदिने धमास दिएको थियो । नेपालका मन्त्रीले भारतीय दूतावासमार्फत कोशी व्यारेजको ढोका खोलिदिन गरेको आग्रहलाई भारतले टेरेन । र, नेपालमा अधिक वर्षाले उधुम मच्चायो, नेपालीको प्राण लियो, बालिनाली ध्वस्त बनायो ।

तर, पहिले धमास दिने बिप्लवको जिब्रो तालुमा टाँस्सियो । उनी बोल्न सकेनन् । बोलेका छैनन् । हो, बमको भाषा अतिवादी हो तर भाषणमा बोल्ने बिप्लवले ढोका खोल त भन्नसक्थे, त्यो पनि भनेनन्, बोलेनन्।

यसको अर्थ निकाल्नेले निकालेका छन्– पहिले माओवादी, अहिले विप्लव माओवादी आखिर भारतकै बासमति चामलको बासीभात खाने शक्ति नै रहेछन्, कसो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan