Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डनलाई पशुपती विकास कोषको जिम्मा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ साउन । राधजानीका ठूला डनहरुलाई यतिबेला हाइसञ्चो छ । किनकि प्रहरी नेतृत्वसँग उनीहरुको दोस्ती छ ।

त्यही कारण उपत्यकाको प्रहरी डनलाई संरक्षण गरेर लागूऔषध दुव्र्यसनीहरुको ‘इन्कान्टर’मा लागेको छ ।  नेता र प्रहरीसँग सेटिङ मिलाएकै कारण डनहरुको फूर्ती बढ्दै गएको छ । केही त सांसद नै भइसकेका छन् । अरु पनि पावरफुल हुँदै गएका छन् ।

राजधानीका पुराना डन गणेश लामा विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य छन् । उनी गच्छेदारका कति प्रिय रहेछन् भन्ने कुरा थाहा पाएर सोही पार्टीका नेता जितेन्द्र देवसमेत चकित भएका छन् । देव हाल पर्यटनमन्त्री छन् ।

सोही मन्त्रालयअन्तर्गत पर्दछ पशुपती विकास कोष । जहाँको सदस्यसचिव नियुक्तिका लागि ठूलो चलखेल हुन्छ । गच्छेदारले कोषको सदस्य सचिवमा उनै लामाको नाम प्रस्ताव गरेका छन् । लामाविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

स्रोतका अनुसार उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय पुगेर रोकिएको छ । प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका केही सहयोगीले लामालाई नियुक्त गर्दा सरकार नै बदनाम हुन सक्ने भन्दै नियुक्ति रोकेका हुन्, खबर दृष्टिमा छ ।

त्यसपछि लामा आफैं देउवा निकटमा व्यक्तिहरुलाई मनाउन दौडधुपमा लागेका छन् । उता अर्का पुराना डन दीपक मनाङे पार्टी फुटेपछि पशुपतीशमशेर राणाको पक्षमा लागेका छन् । उनी राप्रपाका मनाङ अध्यक्ष थिए । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan