Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष थापाको घमण्ड र चरम महत्वाकांक्षाले राप्रपा फुटेको घाम जत्तिकै छर्लङ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३२ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३२ साउन । राप्रपा अहिले विभाजन उन्मुख छ, अध्यक्षकै नाताले पार्टी फुटको जिम्मेवारी कमल थापाकै हो । तर पनि नेपाली कांग्रेसदेखि माओवादी केन्द्रसम्म, शेरबहादुर देउवादेखि विमलेन्द्र नीधिसम्म, दरवारदेखि भारतसम्मलाई आरोप लगाएर थापा आरोपमुक्त हुने प्रयासमा छन् ।

पछिल्लो समय निर्वाचन आयोगलाई लगातार आरोप लगाउन उनी मरिहत्ते गर्दैछन् । कारण जे जस्तो प्रस्तुत गरिए पनि पार्टीका भित्री जानकार स्रोतहरु कमल थापाको राप्रपा एक्लै हाँक्ने घमण्डका कारण पार्टी फुट्न पुगेको बताउछन् ।

राप्रपालाई जीरोबाट हाँक्छु भनेर थापाले पार्टीपंक्तिमा पटक–पटक बताउदै आएका छन् । यसो भन्नुको तात्पर्य राप्रपा नेपाल संचालन गरे जस्तै एकल निर्णयमा राप्रपा चलाउने उनको मनसाय नै हो, राप्रपाका एक पदाधिकारीले बताए ।

राप्रपाका एक नेताका अनुसार, ‘कमल थापाको घमण्ड र चरम महत्वाकांक्षाले राप्रपा फुटेको घाम जत्तिकै छर्लङ छ ।’

स्थानीय निर्वाचनको पहिलो चरणमा नसोचेको हार सामना गरेपछि थापाले यस्तै मनसाय सार्वजनिक गरेका थिए । निर्वाचनको समीक्षा गर्ने क्रममा उनले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई स्पष्ट रुपमा पार्टीलाई जीरोबाट अर्थात आफूले चाहे अनुरुप अघि लैजाने बताएका थिए । ‘साथ दिनेले साथ दिन्छन्, अरुलाई छाडेर भए पनि म एक्लै अघि बढ्छु’ भनेर थापाले पार्टी कार्यालयमा सम्पन्न वैठकमा बताएको एक नेता संस्मरण गर्छन् ।

पछिल्लो समय वरीष्ठ नेता पशुपति समशेर राणाको असुन्तुष्टी सार्वजनिक भएपछि राप्रपा भित्र आन्तरिक समस्या समाधान गरेर पार्टीलाई एक ढिक्का अघि बढाउन नेतृत्वमाथि चौतर्फी दवाब परेको थियो । केन्द्रीय समितिको वैठकमा एकस्वरमा सबैले असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका थिए ।

दोस्रो तहका नेताहरु धवल समशेर राणा र राजेन्द्र लिङदेनले पनि वरीष्ठ नेता राणालाई मिलाउनु पर्दछ भनेर अध्यक्ष थापालाई मनाउन भरमग्दुर प्रयास गरेका थिए । तर अध्यक्ष सँगको नीतिगत मतभिन्नताका कारण दोस्रो तहका नेताहरु निराश भएको बताइन्छ ।

पछिल्लो समय पशुपति समशेर राणा असन्तुष्ट हुँदा समेत सार्वजनिक रुपमा वा आन्तरिक रुपमा थापाले समस्या समाधान गर्न वास्ता नगरेको एक केन्द्रीय सदस्य बताउछन् ।यसबाट थापाको आफूमात्र अघि बढ्ने मनोविज्ञान र मानसिकता स्पष्ट झल्किन्छ ।

राप्रपा अहिले विभाजनको मारमा छ, राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) निर्माण गर्ने प्रक्रिया जारी छ । आउदो भदौ ४ गते निर्वाचन आयोगमा राप्रपा (प्रजातान्त्रिक) पक्षधरले सनाखत गर्नु पर्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan