Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फोटोसहितको मतदाता सूचीमा थपिँदै छन् १२ लाख मतदाता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ भदौं  । फोटोसहितको मतदाता सूचीमा करिब १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सूची अद्यावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हुन् ।

यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।

आयोगको प्रारम्भिक तथ्यांकबाट १२ लाख नयाँ मतदाता थपिँदैछन् । मतदाता सूचीमा नयाँ नाम थप्न र अद्यावधिक गर्न शनिबार (भदौ ३) सम्मको समय तोकिएको थियो ।

आयोगले ३५ दिनसम्म जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमार्फत नयाँ मतदाताको नाम संकलन र अद्यावधिक गरेको थियो । आजको नागरिकमा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan