Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नदीले बगाउँदा मलामीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ८ बिहिबार
newsabhiyan

दमक, ८ भदौ । मलामी गएका झापा दमकका एक युवकको नदीले बगाएर ज्यान गएको छ ।

झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो । ।

स्व फुपू विष्णुमाया दंगालको दाहसंस्कारका लागि कन्काई नदीमा मलामी गएका दुलाललाई कन्काई नदीले आज अपराह्न खोलाले बगाएकामा करिब पाँच मिटर दक्षिणबाट प्रहरी चौकी माइधारका प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan