Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री देउवा आन्ध्र प्रदेशबाट विहार आइपुग्नुभयो, विहारका मुख्यमन्त्रीसँग द्विपक्षीय वार्ता सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ १० शनिबार
newsabhiyan

बिहार (भारत), १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको आज साँझ भारतको आन्ध्र प्रदेशबाट विहार राज्य आइपुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा हिजो हैदरावादमा बस्नुभएको थियोे । आज बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि प्रधानमन्त्री आन्ध्र प्रदेश जानुभएको हो ।

उहाँलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीकी धर्मपत्नी डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभयो । त्यसपछि आजै साँझ प्रधानमन्त्री देउवा विहार आइपुग्नुभएको छ ।

विहारमा उहाँलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गर्नुभएको थियो । विमानस्थलमा उहाँको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक समूहको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ । नेपालको छिमेकी राज्य विहारका मुख्यमन्त्रीसँग नेपाल–भारत सम्बन्ध लगायतका विभिन्न आपसी हित र चासोका विषयहरुमा वार्ता हुनेछ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan