Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको कृषि संस्थालाई अमेरिकी पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २२ बिहिबार
newsabhiyan

काठमाडौँ, २२ भदौ । अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमबाट काठमाडौँस्थित सूचना तथा सञ्चार प्रविधिमा आधारित संस्था डिबीटुम्यापले आफ्नो जिओकृषि कार्यक्रमका लागि एक लाख अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेको छ ।

अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आफ्नो विश्व्यापी डाटा ड्रिभन फार्मिङ प्राइज तथ्याङ्कद्वारा निर्देशित सो कृषि पुरस्कार आज घोषणा गरिएको संयुक्त राज्य अमेरिकाका लागि नेपाली दूतावासले जनाएको छ ।

कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्चार प्रविधिको सदुपयोग गर्ने नवीनतम् उपाय अपनाउँदै आएका छन् । कृषकलाई बाली उत्पादन वृद्धिमा सहयोग गर्न जमिन तथा माटोको अवस्था जाँच्न सरकारी तथा क्राउड सोर्स गरिएको सूचनालाई जिओकृषि कार्यक्रमले एकीकृत गर्छ ।

नेपालकै अर्को संस्था आईसिटी फर एग्रिकल्चर (कृषिका लागि सूचना तथा सञ्चार प्रविधि) ले ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्त गरेको छ । अन्य पुरस्कार विजेतामा जर्मनीका पिईएट तथा क्यानाडाका स्पेरो एनेलिटिक्स नामक प्रविधिसम्बन्धी संस्थाहरू छन् । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan