Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्कृष्ट कृषक समूहलाई कृषि सामाग्री हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २८ बुधबार
newsabhiyan

डडेल्धुरा २८ भदौ । डडेल्धुरा अजयमेरु गाउँपालिकाका कृषक समूहलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा अजयमेरु गाउपालिका–१ का छवटा कृषक समूहलाई कृषि समाग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालय डडेल्धुरा, कैलपाल त्रिशूल आलु उत्पादन पकेट क्षेत्र समिति र शिखर समैजी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सयुक्त साझेदारीमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

छ वटा समूहलाई थप हौसला प्रदान गर्न र व्यावसायिकरुपमा अगाडि बढाउन करिब तीन लाख बराबरका कृषि सामाग्री वितरण गरिएको हो ।

एक समूहलाई रु ५२ हजार बराबरको कृषि औजार वितरण गरिएको शिखर समैजी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडकसिंह विष्टले जानकारी गराउनुभयोे ।

कृषकहरू सक्रिय भई तरकारी र उत्पादनलाई नमुना बनाइ क्रियाशील रहेका समूह कृषक समूहलाई क्रेट, स्प्रेरे ट्याङ्की, कोदालो, विषादी ड्रम, गार्डेन पाइप, पोलिथिन पाइपलगायत उपकरण वितरण गरिएको हो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan