Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'तीन नम्बर प्रदेशका प्रहरी प्रमुख घिमिरे बिवादमा तानिए' ,'सुरक्षाको नाउँ एनि हाउ पैसा कमाउ...!'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २९ बिहिबार
newsabhiyan
newsabhiyan

प्रनिश थापा ,चितवन , २९ भदौ। गृहमन्त्री जनार्दन शर्माको चाहना नहुँदा नहुँदै पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा प्रहरी प्रदेश नम्बर ३ मा प्रमुख भई पुगेका एआईजी केशरीराज घिमिरेको हर्कतले यतिखेर सिमा नाघेको छ । कहिँले असुली धन्दा चलाउने गरेको त , कहिँले मौखिक आदेशकै भरमा नियमबिपरित प्रहरी तान्ने गरेको भनी एक पछि अर्को गर्दै बिवादित बनेका एआइजी घिमिरे यतिखेर नराम्ररी फसेका छन् ।

यतिसम्म की उनै एआईजी घिमिरले जुवा, तस्करी र आपराधिक गतिविधिको मुख्य ट्रान्जिञ्ट प्वाइन्ट मानिने चितवनको चनौली , सौराहा , नारायणगढ र भरतपुर आसपासमा छापा नहान्न समेत आफ्नु माततहका प्रहरीलाई भन्न भ्याए । ३ नम्बर प्रदेशमा आएलगत्तै आफ्नु माततहका प्रहरीलाई जस्तोसुकै परिस्थिति आए पनि कुनै हालतमा सादा पोशाकमा प्रहरी नखटाउनु भनी दिएको निर्देशनलाई समेत वेवास्ता गरी उनै एआइजी घिमिरेले आफ्नु निर्णयविरुद्ध लागिपरेका छन् ।

उनलेे असुली धन्दा चलाउन सप्तरी दरबन्दी भएका प्रहरी सहायक निरीक्षक कमल परियारलाई खटाएका हुन् । यतिबेला परियारले एआईजीको आडमा भरतपुर महानगरपालिको वडा नं.१० स्थित थकाली भान्सा घरबाट मासिक लाखौं रुपैयाँ उठाउने गरेका छन् । उक्त ठाउँमा सधैंजसो जुवातास सञ्चालनमा आउथ्यो । मध्यरात दुई बजेसम्म जुवा सञ्चालन हुने उक्त खाजा घरमा झन्डै २० लाख रुपैयाँ सम्मको हानाथाप हुने गरेको जुवातास खेल्न जाने एक जुवाडेले जानकारी दिए । उनै परियारले जुवातास खेलाउने सञ्चालक राजन कार्कीलाई जुवा खेलाउने भए आफुलाई दुई लाख बुझाउनुपर्ने र उक्त रकम माथिल्लो निकायसम्म पुग्यो भने जुवा खेल्नबाट कसैले पनि रोक्न नसक्ने भन्दै मोटो रकम असुल्दै आएका थिए ।

उनलाई त्यहाँबाट लखट्न नसक्दा पछिल्लो पटक चितवन प्रहरी सुरक्षाको दृष्टिकोणले नराम्ररी खस्किदै गएको छ भने, सुरक्षाको नाउँमा प्रहरीको  'एनि हाउ पैसा कमाउ' ? भन्ने अभियान ले समेत प्रश्रय पाइरहेका छन् । उनै एआईजी घिमिरेले प्रहरी नियमावली बिपरित असई परियारलाई मौखिक आदेशकै भरमा चितवनमा तानेर प्रहरी संगठनको बेइज्जत गरेका छन् । काजमा चितवन आएको भनिए पनि असई परियार सित त्यस्तो कुनै ठोस प्रमाण छैनन् । विनापत्र एआइजी घिमिरेले पठाएको भन्दै चितवनमा बसेर काम गर्दै आईरहेका असई परियारले पछिल्लोपटक चितवनका जुवाडे अखडादेखी नारायणगढका ट्रान्स्पोर्ट ब्याबसायी सहित चोरीको गिरोहबाट लाखौँ रकम असुली गरेर एआईजी घिमिरेलाई कमिशन बुझाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयको चोरी नियन्त्रण अभियानअन्तर्गत पक्राउ परेका सवारी साधनलाई असई परियारले कार्यालयमा दाखिला गर्दैनन् । उक्त मोटरसाइकल उनै परियारले तस्करीलाई प्रयोग गर्न दिने सम्म गरेको पाइएको छ । प्रहरी प्रदेश नम्बर तीनबाट आएका एआईजी केशरीराज घिमिरेलाई समेत प्रभावमा पार्न सफल भइसकेका परियारले इमान्दार प्रहरीलाई हटाउन समेत अनेक हत्कण्डा अपनाएका छन्  । दरबन्दी भएको क्षेत्रमा नबसी काज मिलाएर लामो समयदेखि जिल्लामा आतंक मच्चाएको असई परियारले एआईजी घिमिरेको समेत मन जित्न सफल भएका हुन् । जस्ले गर्दा , अहिले उनै घिमिरेको कृपाले परियार सादा पोशाकमा खटिएका छन् ।

प्रहरीको बारेमा केही सूचना दिएपछि चिल्ला बनेका एआइजी घिमिरेले उनको बारे अध्ययन नै नगरी रकम असुल्न परिचालन गरेको भन्ने हल्ला चितवन प्रहरी भित्रभित्रै हुने गरेको छ । यतिसम्म कि आफूलाई गृहमन्त्रीले पठाएको र अब कसैले पनि जिल्लाबाट आफूलाई हटाउन नसक्ने भन्दै तल्लो तहका प्रहरीलाई समेत असई परियारले तर्साउने गरेका छन् ।

उता , उनै बिवादास्पद छवि भएका एआईजी घिमिरेले एउटै पदमा रहेका ब्यक्तिलाई दुई पटक सम्म ईञ्चार्जको रूपमा पठाइएको समेत खुल्न आएको छ । एआईजी घिमिरेले हेटौँडा गणमा दरबन्दी रहेका सई भानु आचार्यलाई चितवनको चनौली प्रहरी चौकीमा प्रमुख बनाएर पठाएका हुन् । चनौली चौकीमा रहेका सई बैषनाथ दासलाई हटाएर आचार्यलाई त्यहाँ पठाइएको हो । आचार्य सो , क्षेत्र दुई पटक सम्म पुगेका छन् । सामान्यतः प्रहरी नियमावलीले त्यसो गर्न दिदैँन ।

एआइजी घिमिरेको यो हर्कतले सिंगो प्रहरी संगठनलाई गिज्याइरहेको छ भने प्रहरी नियमावलीको समेत खिल्ली उडाइरहेका छन् । जसकारण , सरुवा भएर तीन नम्बर प्रदेश आएका एआईजी घिमिरे आएको एक महिना नबित्दै बिवादित बनेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको घुमुवाहरु प्रहरी नायब निरीक्षक बैषनाथ दासको कमान्डमा प्रहरी सहायक निरीक्षक कुल बहादुर खत्री , हवल्दार गणेश राई र प्रहरी जवान मोहन थापाको असुली धन्दाले जरा गाडेको र प्रहरी सहायक निरीक्षक कमल परियार र चितवनमा आपराधिक गतिबिधी कमजोर बनाउन एसपी थापा निरन्तर लागे पनि एअाईजी घिमिरे रमिते बनेका छन् ।

उनै एआइजी घिमिरे यस अगाडि पुर्वाञ्चल क्षेत्रमा डिआइजी हुँदा समेत सुपारी तस्करीमा मुछिएका दीपक पोखरेलको गिरोहसँग रकम असुलेको भनी बिवादित बनेका थिए ।

यो पनि पढ्नुहोस् । 

चितवनको सौराहामा छापा नहान्न एआइजी घिमिरेकै दबाब !

दसैंको मुखमा घुमुवामार्फत एआईजीको असुली धन्दा


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan