Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'चण्डी ढकालले सर्वोच्चलाई चुनौती दिए'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान डट, काठमाडौं, ३० भदौ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा चलिरहे पनि पूर्व अध्यक्ष चण्डी ढकालले किशोर श्रेष्ठका लागि भोट मागेका छन् ।

कसैले बोल्न र लेख्न नपाउने विचाराधीन मुद्दामा चण्डीले आचारसंहिता उल्लंघन गरेका हुन् । उद्योग संघ मोरङको सभाहलबाटै चण्डी ढकालले किशोर श्रेष्ठको लागि भोट मागेपछि उद्यम र कानुनी क्षेत्रमा हल्लीखल्ली भएको छ ।

संघका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय चुनाव लड्न गएपछि खारेज पदमा मुद्दा परेको हो । चण्डीले सर्वोच्चले चुनावकै पक्षमा फैसला गर्ने अनुमान समेत सार्वजनिक गरिदिएका छन् ।

यो मुद्दाको फैसला असोज २४ गते हुने मिति तोकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासमेत किशोर श्रेष्ठकै पक्षमा उभिएकी थिइन् र चण्डीले बोल्दा साक्षी थिइन् ।

त्यसो त चण्डी ढकाल विभिन्न बैंकको कालोसूचीमा परेका उद्यमी हुन् । उनी पूर्व अध्यक्ष भएको र वर्तमान अध्यक्षले साथ दिएका कारणले टाउको उठाएर हिड्न पाएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan