Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीलाई आचारसंहिता लाग्दैन ...?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० भदौ । फेरि पनि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव पड्किएका छन्– आचारसंहिता पालना नगरे कडा कारवाही गरिनेछ ।

तर प्रधानमन्त्रीले कांग्रेसलाई भोट दिनोस्, म विकास दिन्छु भनेर विकासका गुड्डी हाँकेर फर्केका छन् । सायद अयोधी आयोगका लागि प्रधानमन्त्रीलाई आचारसंहिता लाग्दैन ।

माधव नेपालले एमालेको चिन्ह अंकित टोपी लगाउँदा प्रश्न सोध्ने अयोधी आयोगले मधेसमा भोजभत्तेर चलिरहेको देखेका छन्, भारतीय वाणिज्य दूतावासका कर्मचारीले पैसा बाँडेको रिपोर्ट पनि पाएका छन्, माओवादीका अध्यक्ष प्रचण्डले म मधेसलाई लभ गर्छु भनेर विकास र निकास दुबै दिने फूर्ति लगाएका छन्, राज्यस्रोतको दुरुपयोग भएको गरिरहेका छन्, पैसाको छेलोखेलो चलिरहेको छ, प्रमुख आयुक्त अयोधीप्रसाद यादव भने राजधानीमा आचारसंहिताको कुरा गरेर बसिरहेका छन् ।

स्वयं निर्वाचन आयोगले १२ करोडको गाडी टोयोटा हाउससँग किन्ने आदेश दिएका छन् । यहीबेला गाडी चाहिने ? मधेसमा मतदाता शिक्षा दिन नसकेर १० प्रतिशत मत बदर हुने अनुमान तीब्र भइरहेको बेलामा आयोग प्रमुख भने प्रधानमन्त्रीको आदेशको पालना गरिरहेका छन्, उनीमाथि यस्तै आरोप लागिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan