Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शेयर जफतपछि न्यौपानेको होस उड्दै : शेयर बजार सुख्खा पहिरोको मारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० भदौ । चौधरीको बीमा कम्पनीमा करोडौंको घोटाला ,लोभले लाभ, लाभले विलाप भनेझैं धेरै कमाउने र धनी बन्ने आशमा एकजना व्यवसायीको करोडौंको रकम जफत हुने भएको छ । आफू सञ्चालक हुँदा हुँदै धेरै कमाउने लोभले श्रीमतीको नाममा करोडौं लगानी गरेपछि लोभले यतिखेर विलाप निम्त्याएको हो ।

यसरी लोभले विलाप निम्त्याउने पात्र हुनुहुन्छ गुरुप्रसदा न्यौपाने । भोजपुरको विकट ठाउँबाट भविष्यको खोजीमा काठमाडौं छिदै बैंकिङ क्षेत्र जम्नु भएका न्यौपाने अन्ततः कुनै वित्तीय क्षेत्रमा पनि उहाँको उपस्थिति उज्वल बनेन । राष्ट्रिय वाणिज्य बैंकमा ठूलै एलसी काण्डमा मुछिनु भएकामा न्यौपाने अन्ततः जनता बैंकको संस्थापक हुँदै जनता बैंक स्थापना गर्न पुग्नुभएको थियो ।

उहाँको नाममा बैंकको १.१४ प्रतिशत शेयर रहेको छ । त्यही शेयरको अझ बढाउने क्रममा उहाँ यतिखेर विलापको शिकार हुनुभएको हो । नेपाल राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेको शेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको छ । जनता बैंकको सञ्चालक रहेकै बेला न्यौपानेले श्रीमतीका नाममा शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले सबै शेयर जफत गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेख्दै सर्वसाधारण समूहमा रहेको ५२ हजार ४७० कित्ता एवं त्यसबाट प्राप्त बोनस र हकप्रद शेयर समेत जफत गर्न निर्देशन दिएको हो । न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवी न्यौपानेको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट किनेको पाइएको थियो ।

त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट छ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या ८५ हजार एक कित्ता पुगेको छ । यो सबै शेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले सञ्चालकले पदमा बहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

ऐनको दफा १२ लाई टेकेर राष्ट्र बैंकले निर्देशनबमोजिम न्यौपानेको शेयर जफत गर्न जनता बैंकले प्रक्रिया सुरु गरिसकेको छ । बैंकले आफ्नो २३२ औं सञ्चालक समिति बैठकबाट शेयर जफत गर्ने निर्णय गरेको हो । निर्णयअनुसार बैंकले जफत शेयरलाई बोलकबोलमार्फत बिक्री गर्ने भएको छ ।

अहिले जनता बैंकको साधारण शेयरको मूल्य २५० रुपैयाँ हाराहारी छ । यही मूल्यमा शेयर बिक्री हुँदा न्यौपानेको दुई करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा दखाइन्छ । न्यौपानेले श्रीमतीका नाममा शेयर किनेको भन्ने उजुरी परेपछि राष्ट्र बैंकले छानबिन गरेको थियो । २०७३ मंसिर २५ गते परेको उजुरीका आधारमा केन्द्रीय बैंकले पुस १२ गते जनता बैंकसँग स्पष्टीकरण मागेको थियो ।

त्यसपछि बैंकले अर्का सञ्चालक नारायणप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिले छानबिन थालेपछि न्यौपानेले प्राथमिक निष्कासनमै श्रीमतीलाई शेयर परेको भन्दै ढाकछोप गर्दै आउनुभएको थियो । त्यसबेला सावित्रीको डिम्याट खातामा जनता बैंकको कुल ६४ हजार ३९५ कित्ता सर्वसाधारण शेयर थियो, खबर विमर्शमा छ ।

छानबिन समितिले त्यसमध्ये ११ हजार ९२५ कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा किनेको र बाँकी दोस्रो बजारबाट किनेको निष्कर्ष निकाल्यो । बैंकले त्यहीअनुरुप केन्द्रीय बैंकलाई पुस २५ गते जानकारी गराइएको थियो । यसैको आधारमा राष्ट्र बैंकले न्यौपानेको शेयर जफत गर्ने निर्देशन दिएको हो । राष्ट्र बैंकले छानबिन निर्देशन दिएपछि न्यौपानेले हतार हतार २०७१ पुस ११ गतेबाट लागु हुने गरी भनदै राजीनामा दिनुभएको थियो । 

शेयर बजार सुख्खा पहिरोको मारमा

हल्लै हल्लाले उतार चढाव ल्याउने नेपालको शेयर बजार यस पटक पनि त्यस्तै हल्लाको मारमा प¥यो । भदौको सुरुमै तराईमा गएको बाढीको बहानामा घटाउन थालिएको शेयर बजार एक महिना नबित्दै १८० अंकले तल झारियो ।

बाढीको बहानामा बजार घटिरहेको बेला धितोपत्र बोर्डले व्यक्तिगत खाता नम्बर (पान) पनि लागु गर्ने सोचाई रहेको प्रचार गरायो । पान नम्बरको हल्ला के चलेको थियो बजारमा सुख्खा पहिरो जान थाल्यो । ठुलो खेलाडीहरु जो पहिल्यैदेखि पान मा सहभागी थिए उनीहरुले नै बजार तल झार्ने काम गरे ।

पहिलो कुरा त उनीहरुका लागि बहाना चाहिएको थियो, बजार घटाउने । पाकेको फल सस्तोमा उठाउन ठुलो खेलाडीको दाउमा पान नम्बरको हल्ला ठुलो बरदान सावित भयो ।

अर्कोतर्फ ठुला लगानीकर्ताहरु भित्रै पनि पान नम्बरको त्रास नफैलिएको होइन । ठुला लगानीकर्ताहरुले आफ्ना ड्राईभर ,माली, भान्से, पिएनका नाममा रहेको शेयरको भविष्य के होला भन्ने त्रासमा पनि शेयर बेच्ने दौडमा उत्रिए । जसका कारण बजारमा बिक्री चाप बढेको थियो ।

त्यस्तै केही टेक्निकल विश्लेषणको हौवा दिएर बजार यति तल आउछ, उति अंकमा मात्रै टेवा छ भन्ने हौवा पनि पिटाइयो,  खबर नेपालीपत्रमा उल्लेख छ  ।

तर विडम्बना कस्तो भयो भने आफ्नो अनुकूल तहमा बजार झार्न खोज्ने ती विश्लेषकहरु नै मारमा परें । उनीहरुले तान्न खोजेको तहभन्दा ६० अंक झन तल झ¥यो बजार । बढ्नु पर्ने सिजनमा घटाइए पनि यो क्षणिक भएकोमा शंका छैन । जसलाई जानकारहरु सुखा पहिलो भन्ने गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan