Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिप्पणी: चुनाव लड्न रोक्ने, राष्ट्रपति लड्न नरोक्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० भदौ । केही दिन अघि संसदमा कांग्रेसी १९ सांसदले दर्ता गरेको भ्रष्टाचारमा दण्डित व्यक्तिले सजाय भुक्तान गरेको तीन वर्षपछि चुनाव लड्न पाउने संशोधन प्रस्ताव एका एक प्रस्तावक र समर्थकले फिर्ता लिएपछि तुहिएको थियो ।

यो कानुन मात्र खुमबहादुर खड्का, जयप्रकाश गुप्ता र चिरञ्जीवीलाई रोक्न बनाइएको थियो र संशोधन पनि तिनलाई मनशान्ति गर्न ल्याइयो र फेरि तिनै तीन जनालाई प्रताडित गरेर फिर्ता लिइयो ।

के देशमा भ्रष्टाचार गर्ने यिनै तीन जना मात्र रहेछन् ? र, कैदी जसले सजाय भुक्तान गरेको छ, उसको पनि राष्ट्रपति बन्ने अधिकार पाउनेछ । सांसदको चुनाव लड्न नपाउने तर सजाय भुक्तान गरेको कैदी २५–२५ जना समर्थक र प्रस्तावक सांसद जुटाउन सके राष्ट्रपति बन्न पाउने छ ।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचक मण्डलमा प्रतिनिधि सभाका २ सय ७५, राष्ट्रियसभाका ५९ र सात प्रदेशका कुल ५ सय ५० प्रदेश सभा सदस्यहरु गरी ८ सय ८४ मतदाता हुने छन् । मतदानमा ५० प्रतिशत भन्दा बढी एक मत ल्याउने राष्ट्रपति बन्नेछ ।

अतदाता सयिनै सांसद हुनेछन् तर राष्ट्रपति, उपराष्ट्रपतिको उमेदवार संसदबाहिरबाट हुनपाउनेछन् । योग्यता ४५ वर्ष पुगेको बंशज नेपाली हुनुपर्नेछ ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव वेचविखन, सम्पत्ति शुद्धीकरण, लागू औषधजस्ता गम्भिर फौजदारी अपराधमा सजाय पाएका, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएका वा कुनै पनि कसुरमा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाएको व्यक्तिले भने उम्मेद्ववार बन्न पाउने छैनन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan