Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'धम्की दिएपछि मन्त्री भन्ने भाग्यमानी यी हुन्'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ असोज । पछिल्लो समय राजनीतिमा धम्की दिनेहरु हावी भएकाछन् । धम्की दिएपछि मन्त्री भन्ने भाग्यमानीहरुकै कारण देउवा सरकारले जम्बो जेट को उपाधी भिरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । सत्ता सहयात्री दल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुई जना सांसदलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरे ।

जेष्ठ २४ गते सरकारको नेतृत्व सम्हालेपछि गठन भएको मन्त्रिमण्डलमा पटक पटक विस्तार गर्दै ५४ सदस्यीय मन्त्रिमण्डल बनाएका प्रधानमन्त्री देउवाले आज फेरि दुई जना राज्यमन्त्री थप गरे । अब देउवा सरकार ५६ सदस्यीय बनेको  छ ।

राप्रपा प्रजातान्त्रिकबाट सांसदहरू बिराज बिष्ट र कमलादेवी शर्मालाई क्रमश: विज्ञान प्रविधि र बन राज्यमन्त्रीमा आजै पद तथा गोपनियताको सपथ भएको छ ।

राप्रपाबाट विभाजित भएर पशुपति शम्शेर राणा नेतृत्वमा गठिन नयाँ पार्टीबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति भइसकेको थियो।

तर, कमल थापाको पार्टीबाट सांसद बनेर उनीसँगै विद्रोह गरी आएका सांसदहरुले मन्त्री बन्न नपाएपछि राणालाई पनि धम्की दिएका थिए। दिपक बोहोरा पनि धम्कीकै आडमा मन्त्री भएको चर्चा अझै सेलाएको छैन् ।

 भोली अमेरिका जान लागेका प्रधानमन्त्री देउवाले आजै हतार हतारमा मन्त्री मण्डल विस्तार गरेका हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan