Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अधिकांश किसानले कृषि बिमा गरेनन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan
newsabhiyan

–रामकुमार श्रेष्ठ

नवलपरासी । सरकारले किसानहरुलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने गरी कृषि बिमा लागू गरे पनि नवलपरासीका किसानहरु कृषि बिमातर्फ खासै आकर्षण भएको पाइएको छैन ।
व्यावसायिक रुपमा कृषि पेसामा लागेका कतिपय किसानहरु भने बिमातर्फ आकर्षित भए पनि अधिकांश किसानहरुले अझै कृषि बिमाबाट कृषकलाई के फाइदा हुन्छ भन्ने थाहा नहुँदा यस्तो भएको हो ।

पछिल्लो समय नवलपरासीमा केराखेती, तरकारी खेती, चौपाया, धान, मकै, गहँु बालीलगायतका क्षेत्रमा कृषि बिमा हुँदै आएको छ । तीमध्ये नेपालको कृषि क्षेत्रकै मुख्य पेसा मानिएको धान, गहुँ, मकै बालीमा खासै बिमा गर्ने गरिएको नपाइएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।

उनले बिमा कम्पनीहरुले यस्ता निर्जीव कृषि बिमाबाट भाग्ने गरेका कारण बिमा हुन नसकेको बताए । त्यस्तै उनले कृषक तथा कृषकका अगुवा सरोकारवालाहरुसँग पटक–पटक यस विषयमा बुझाउँदा पनि बिमा हुन नसकेको स्वीकार गरे ।

नवलपरासीमा तरकारी खेती, माछापालन, केरा खेतीतर्फ भने बिमा हुन थालेको छ । यसका साथै पशु चौपाया गाई, भैंसीलगायतको बिमा गर्नेक्रम पनि बढ्न थालेको छ । तथापि यस्ता बिमामा पनि किसानहरुको उल्लेख्य सहभागिता नभएको गैरेले बताए ।

नवलपरासीमा कृषि सहकारीमार्फत् समूह बनाई सरकारले कृषि विकास बैंकमार्फत् बिमा रकम अनुदान दिएर कृषि क्षेत्रमा बिमा गर्ने गरिएको कृषि विकास कार्यालय कावासोतीका प्रमुख मोहदत्त शर्माले बताए ।

शर्माका अनुसार कृषि विकास बैँक कावासोतीले अहिले कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत कावासोतीमा केरा खेती र तरकारी खेतीको बिमा गरिरहेको छ । कावासोतीमा अहिले करिब ३०० हेक्टरको हाराहारीमा केरा खेती हुने गरे पनि कावासोती १९ जना केरा कृषकको १६ बिघा केरा खेतीको मात्र बिमा गरिएको छ ।

त्यस्तै, कृषि विकास बैँकले दलदले दुग्ध विकास सहकारी संस्थामार्फत् ८० जना पशुपालक किसानहरुको पशु चौपायाको बिमा गर्ने तयारी गरेको छ ।

कृषि क्षेत्रको अनुगमन
कावासोतीमा गरिएको कृषि क्षेत्रको तरकारी तथा केराखेतीको सोमबार अनुगमन गरिएको छ । कृषि विकास बैँक कावासोती, कृषि कार्यालय कावासोती, कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था, सञ्चारकर्मीलगायतको टोलीले सोमबार अनुगमन गरेको हो ।

कुनै पनि खेती तथा पशुको निर्धारित मूल्यको ८० प्रतिशतसम्म क्षतिपूर्ति पाउने गरी बिमा गरिएको हो । त्यसका लागि किसानले तोकिएको मूल्यको ५ प्रतिशतको प्रिमियर रकम सहकारीमार्फत जम्मा गर्नु पर्दछ भने सरकारले किसानले जम्मा गरेको रकमलाई २५ प्रतिशत मानी बाँकी ७५ प्रतिशत कृषि विकास बैँकमार्फत अनुदान दिने गर्दछ ।

सरकारले बिमाका लागि दिएको अनुदान र किसानले जम्मा गरेको २५ प्रतिशत गरी सतप्रतिशत बनाउँदा यदि कुनै त्यो वर्ष कुनै क्षति भएन भने किसानलाई ३५ प्रतिशत फिर्ता गर्दछ ।

त्यस्तै, ५५ प्रतिशत बिमाकै लागि सहकारीमा बीउ पुँजीको रुपमा राखिदिने र १० प्रतिशत कार्यालय सञ्चालनका लागि खर्च गर्न पाउने व्यवस्था रहेको कृषि विकास बैँक कावासोतीका प्रमुख मोहदत्त शर्माले बताए ।

कावासोतीका केरा किसान कृष्णप्रसाद सापकोटाले गत वर्ष हावाहुरीले केरामा ठूलो क्षति भएको र आफूले बिमा गरेकै कारण सन्तोषजनक क्षतिपूर्ति पाएको बताए । उनले नहुनेभन्दा मल बीउ र गोलमेलको पैसा उठेको बताए ।

त्यस्तै, अर्का किसान उमापति चापागार्इंले ‘नहुने मामाभन्दा कानो मामा निको’ भनेझैँ किसानका लागि क्षति भएपछि केही हुँदै नहुनेभन्दा बिमाबाट पाइने क्षतिपूर्ति पाउनु राम्रो भएको बताए ।

सरकारले किसानहरुलाई राहतस्वरुप बिमाबाट दिने क्षतिपूर्ति क्षतिको हिसाबले उचित भएको किसानहरुले नै गुनासो गर्ने गरेको छ । जसले गर्दा पनि बिमातर्फ किसानहरुको आकर्षण नबढेको बिमा गर्दै आएका किसानहरुको पनि ठम्याइ रहेको छ । @ चितवन पोष्ट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan