Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'खाडीमा नेपाली चेलीको लिलाम भइरहेछ'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ असोज । खाडीमा नेपाली चेली बेचिदै गर्दा सरकार तमासे बनेर बस्न मिल्छ कि मिल्दैन  english.astroawani.com, BBC, CNN, Human Rights देखि अनेकन संस्थाहरुले नेपालमा कमलरीको जुन हालत थियो, त्योभन्दा गएगुज्रेको हालत खाडीदेखि मलेसियासम्म नेपाली युवतीहरुको भएको रिपोर्ट छापिरहेका छन् ।

नेपाली युवतीहरुलाई छानी छानी १५ सय रियालमा तरकारी बेचेझैं बेचीरहेको समाचार पनि आएको छ । युट्युवमा नेपाली चेली लिलाम भइरहेको अनेक भिडियोहरु राखिएका छन् ।

के नेपाल सरकारले, संसद, राष्ट्रपति, सांसदहरुलाई नेपाली चेलीहरुको र वैदेशिक रोजगारीमा गएका युवाहरुको बारेमा थाहा छैन ? विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुले रिपोर्ट पठाएका छैनन् ?

पठाएको भए नेपाल सरकारले नेपालीमाथिको श्रम, यौन शोषण र नेपालीत्वमाथि भइरहेको बलात्कार रोक्न के गरेको छ ? के गर्दैछ, र के गरेर तिनको उद्धार गर्ने योजना बनाएको छ ?

सरकार मौन छ र नेपाली चेलीहरु खाडीदेखि विभिन्न मुलुकमा आलुभेण्टा बेचिएझैं बेचिरहेका छन् । हामी कुन तहको लोकतन्त्रवादी ?

श्रममन्त्री फर्मुल्ला मन्सुर भन्छन्– अर्कालाई दोष दिनुभन्दा पनि चेलीबेटी बेचबिखन गर्ने र फसाएर युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने अनि पैसा कमाउने दलाल नेपालमै छ्यासछ्यास्ती छन् ।

अरुलाई दोष दिनुभन्दा पनि हामी सचेत हुन जरुरी छ । सरकारले गर्नुपर्ने काम गर्छ, गरिरहेको छ । गोरखा एक्सप्रेसका साथमा


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan