Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैद्य जुवाघरका सञ्चालक लाखौं ठगेर भूमिगत !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । आफूलाई एभरेष्ट क्यासीनोको सञ्चालक बताउने तप्त बहादुर विष्टले विभिन्न न्यायमूर्तिको नाम लिँदै मुद्दामामिलामा प्रभाव पार्ने आश्वासन दिएर लाखौं ठगी गरिरहेका छन् ।

‘यो मुद्दामा यस्तो आदेश गराइदिन्छु’ भन्दै विष्टले ठगी गरेका कयौं उदाहरण भएर पनि सम्वन्धित निकायले मौनता देखाइरहेको अवस्थामा तत्कालिन जिल्ला विकाश समिति, ललितपुरसँगको एउटा ठेक्का सम्वन्धमा राखिएको धरौटी प्रकरण मिलाइदिने भन्दै लाखौं असुलेर ‘फरारशैली’मा हिँड्ने गरेका छन् । सम्झौता अनुसार काम नगरेपछि पिडीतबाट टाढा हुन् भूमिगतशैलीमा हिँड्ने गरेका विष्टले पिडीत पक्षको पैसा फर्काउने सम्वन्धमा पनि आलटाल गर्दै आएको बुझिएको छ ।

पाटन उच्च अदालतका न्यायमूर्तिद्धय युवराज सुवेदी र प्रेमराज कार्कीको त विष्टले ठाउँकुठाउँ नाम लिन पछि पर्दैनन् । ‘तपाईंलाई विश्वास छैन भने न्यायधिशलाई यही बोलाइदिऊ ?’ सम्म भन्न पछि नपर्ने तप्तबहादुर विष्टसँग ती न्यायमूर्तिको कस्तो र के सम्वन्ध हो ?

पाँचतारे होटलमा मात्र सञ्चालन गर्न पाइने क्यासीनो दुई वर्षदेखि बन्द एभरेष्ट होटलमा चलाउन उच्च अदालत पाटनबाट अन्तरिम आदेश ल्याउने भन्दै अनाधिकृत रुपमा क्यासीनो चलाउँदै आएका विष्टले त्यस बाहेक कयौं व्यक्तिमाथि विभिन्न न्यायमूर्तिको नाम भजाउँदै लाखौं असुल गरिरहेको तर कतिपय मुद्दा संयोगवश निजले नै भनेजस्तो फैसला आउने गरेको र कतिपय फैसला विपरित आएता पनि सम्वन्धित पक्षलाई लिएको रकम फर्काउन त के उनीहरुसँग मुन्टो लुकाएर भाग्दै हिँड्ने गरेको पाइएको छ ।

अन्नपूर्ण क्यासीनोमा सामान्य कर्मचारीका रुपमा काम गर्दै गर्दा लोकतान्त्रिक आन्दोलनलगत्तै त्यसका मालिक आरडी टटल र राकेश वाद्वाको आन्तरिक विवादले गर्दा मालिकको हैसियतमा पुगेका तप्त विष्ट हिजोआज ठूलो दलाल भएर निस्केको अवस्था छ । जान्ने बुझ्नेहरु यस्तै भन्छन् ।

न्यायलयले फैसला गर्नु पूर्व नै ‘म अन्तरिम आदेश ल्याइदिन्छु’ भन्ने आँटका साथ अवैद्यरुपमा क्यासीनो सञ्चालन भइरहँदा पनि नेपालको प्रशासन मौन छ । अनुमती लिएर सञ्चालनमा रहेका क्यासीनोमा प्रहरीले जवर्जस्ती प्रवेश गरी आतंक मच्चाउँदा पनि किन उनै प्रहरीको एभरेष्ट क्यासीनोमा नजर परिरहेको छैन ? प्रश्न यहीनेर गम्भीर रुपमा तेर्सीएको छ ।

क्यासीनो सञ्चालनमा आउन पाँचतारे होटल सञ्चालनमा हुनैपर्छ तर दुई वर्ष अघि गएको भुकम्पपछि एभरेष्ट होटल बन्द छ, त्यहाँ रातो स्टीकर लगाइएपछि बन्द भएको हो । तर, होटल बन्द भएको अवस्थामा सोही होटलको लाइसेन्सबाट प्राप्त हुने क्यासीनो सञ्चालन अधिकार कसरी तप्त विष्टले प्रयोग गर्न सक्यो ?

समाचार स्रोतका अनुसार पाटनतिरका हातहतियार प्रकरणमा समेत तानिएका विरेन्द्र महर्जन नामका विवादित व्यक्तिका नाममा रहेको क्यासीनो सञ्चालनको लाइन्सेन्स चक्रबहादुर सिंह नामका अर्का विवादीत व्यक्तिले भाडामा प्रयोग गर्ने सम्झौता गरेको र त्यसरी भएको सम्झौता अनुसार तप्त विष्टलाई फ्रन्टमा ल्याएर क्यासीनो सञ्चालन गरिएको हो । सायद सेटीङ मिलेकै भएर अवैद्य रुपमा वैद्य क्यासीनो सञ्चालनमा ल्याइएको हो  कि ? 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan