Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र 'फिक्का'को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमान्डौ । गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको शीर्ष गीत 'फिक्का फिक्का' रिलिज गरिएको छ ।

गितमा चेतन सापकोटाले संगित एंव वेल्जियम बसोबास गर्ने अर्जुनरत्न भिकारीको शब्दमा स्पेन बसोबास गर्ने गायक तुलसी शिवाकोटीले यसै गीतबाट चलचित्र गायनमा डेव्यु गरेका छन् ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापान बसोबास गर्ने अजय सुनार रहेका छन् । चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् ।

गीतमा बेरोजगारी, गरीवी, माया, पारिवारिक बन्धन, फ्रस्टेटेड जीवनलाई प्रस्तुत गरिएको देख्न सकिन्छ । मंसिर १ गतेबाट नेपालभर रिलिज हुन लागेको यस चलचित्र विदेशमा भने शो सुरु भैसकेको छ ।

यस अघि जापानमा भएको शो दर्शकले मन पराएपछि जापान, बेल्जियम, स्पेन, लण्डन, बहराईन लगाएतका देशहरुमा समेत शो हुन लागेको नायक समेत रहेका प्रस्तुतकर्ता अजय सुनारले बताए भने जापानका अन्य सहर. युरोप र अमेरिकाका शहरहरुमा समेत चलचित्रको शो को तयारी भैसकेको बताईएको छ ।

रिता खाति सुनारको लेखन, एन. बी. अन्जानको कला निर्देशन रहेको चलचित्रमा एन आर एन अजय सुनार, राष्ट्रिय मार्सलआर्ट खेलाडी एंव रेडियोकर्मी दुर्गाराज पाण्डे, मोडल सर्मीला नेपाल, सञ्चारकर्मी राधिका घिमीरे , ईश्वरी बराल, मुस्कान काप्री लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई राजु श्रेष्ठले सम्पादन, अनन्त घिमीरेले कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक एंव मिक्सिङ, नवराज भण्डारी, सुजन श्रेष्ठ,म्याक्टेन कालुले सहायक निर्देशन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan