Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिद्धार्थ बैंकको शाखा इलाम र फिक्कलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असोज । सिद्धार्थ बैंकले ईलाम र फिक्लमा शाखा खोलेको छ । बैंकले बुधबार इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा एक विशेष समारोहका बीच शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख महामहिम इनग्रीड ड्हाल मेडसन तथा बैंकका अध्यक्ष मनोज कुमार केडियाले संयुक्तरुपमा गरेका छन् भने फिक्कल शाखाकोे उद्घाटन बैंकका अध्यक्षले गरेका हुुन ।

बैंकका यी शाखाहरु उन्नती ए टुु एफ कार्यक्रम अन्र्तगत युुएनसिडिएफ सँगको सहकार्यमा स्थापना गरिएका हुुन । ती शाखाहरु मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।

यी शाखाहरु मार्फत् बिपन्न वर्गको उत्थानकालागि लघु बैंकिङ्ग सेवा र शाखारहित बैंकिङ्ग सेवालाई विशेष प्राथमिकता दिने बैंकले जनाएकोे छ ।

यो समेत गरी बैंकको देशभर ७७ वटा शाखा, तीन वटा एक्सटेन्सन काउन्टर, ९९ वटा एटिएम, ७० वटा शाखारहित सेवा केन्द्र र पाँच सय भन्दा पिओएस संख्या पुुगेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan