Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरालाई स्मार्टसिटी बनाउने सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan

पोखरा, ४ असोज (रासस) ः विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।

पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

‘छरितो शहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान’ भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा गर्नुभयो ।

न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताउनुभयो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan