Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीमा नाकाबाट दुई युवतीको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan

कञ्चनपुर, ४ असोज (रासस) : पश्चिमी सीमा नाका गडडचौकी हुँदै भारततर्फ जान लागेका बैतडी र मोरङका दुई युवतीको आज उद्धार गरिएको छ ।

बैतडीकी २३ र मोरङ भुर्कियाकी ४० वर्षीया युवतीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । भारततर्फ जान लागेका दुवै जनासँग आवश्यक कागजात फेला नपरेपछि जोखिममा पर्न सक्ने भएकाले सीमा नाकामा रोकी अद्यावधिक गृहमा राखिएको माइती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिनुभयो ।

बैतडीकी महिला रोजगारीका लागि बैंगलोरतर्फ जाँदै गरेको र मोरङकी महिला आवश्यक कागजात बिना वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक हिँडेको भेटिएपछि उनीहरुको उद्धार गरिएको उहाँले बताउनुभयो । दुवै युवतीलाई परिवारको जिम्मा लगाइने उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan