Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनगढीमा पनि यस्तो उत्पात : ' रु५५० मा खरिद गरी ल्याएको जुत्ता रु दुई हजार २७५ मा बिक्री '

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan

धनगढी, ४ असोज (रासस) : आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको अनुगमन टोलीले आज यहाँका दुई वटा पसलमा सिलबन्दी गरेको छ ।

बजार अनुगमनका क्रममा ‘ब्ल्याक हर्स’ कम्पनीको रु ५५० मा खरिद गरी ल्याएको जुत्ता रु दुई हजार २७५ मा बिक्री गरेको पाइएपछि स्थानीय बजारको न्यु अनमोल सुज सेन्टरमा सिलबन्दी गरिएको हो ।

यस्तै, पसलसम्बन्धी कागजात उपलब्ध नगराएपछि पंकज स्टोरमा पनि सिलबन्दी गर्नुपरेको टोलीमा सहभागी अनुगमन शाखाका अधिकृत गोविन्दप्रसाद लुइँटेलले जानकारी दिनुभयो । टोलीले आज स्थानीय बजारका १८ पसलमा अनुगमन गरेको हो ।

यसअघि मंगलबार सो टोलीले कैलालीको गेटास्थित राजश्री फुड इण्डस्ट्रिज र आरपी एग्रो इण्डस्ट्रिज प्रालिसमेत चार वटा उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा आरपी फुड इण्डस्ट्रिजमा फेला परेको खान नहुने करिब रु ५० हजार मूल्य बराबरका बिस्कुटजन्य पदार्थ नष्ट गरिएको छ ।

यस्तै, राज श्री फुडले उत्पादन गर्ने मैदाको उपभोग्य मिति, उत्पादन भएको धेरै समयपछि राखेर बजारमा पठाउने गरेको, भारतबाट उपभोग्य मिति सकिएको चामल आयात गरी त्यसलाई पुनः ‘रिफाइनिङ र ग्रेडिङ’ गरेर बेच्ने गरेको र कामदारलाई निकै कम पारिश्रमिक दिई काममा लगाएर श्रम शोषण गरेको पाइएको लुइँटेलले बताउनुभयो ।

राजश्री फुड इण्डस्ट्रिजमा डल्ला परेको चामल फेला परेपछि त्यसको नमूना जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । अनुगमन टोलीमा यहाँका विषयगत कार्यालयको प्रतिनिधिको समेत सहभागिता रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan