Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आधा दर्जन संस्थाको ७८ करोड रुपैयाँ बराबरको बोनस सेयर सुचीकरण (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असोज । आधा दर्जन संस्थाहरुको ७८ करोड ८८ लाख २९ हजार दुुई सय ७५ रुपैयाँ बराबरको बोनस सेयर सुचीकरण भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार चालुु आर्थिक बर्षको साउन देखियता छ वटा संस्थाहरुको एक सय रुपैयाँ अंकित मुल्य बराबरको ७८ लाख ८८ हजार दुुई सय ९२ दसमलव ७५ कित्ता बोनस सेयर नियमित कारोवारको लागि सुचीकरण भएको हो ।

सुचीकृत सेयर मध्ये साँग्रिला डेभलपमेन्ट बैंकको १६ दसमलव सात प्रतिसतको अनुपातमा ४५ करोड ७३ लाख ९४ हजार एक सय रुपैयाँ बराबरको ४५ लाख ७३ हजार नौ सय ४१ कित्ता, भार्गभ बिकास बैंकको २० प्रतिसतले हुने २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

यसैगरी सेती फाईनान्सको पनि नौ प्रतिसतका दरमा ५७ लाख १० हजार आठ सय रुपैयाँ बराबरको ५७ हजार एक सय आठ कित्ता बोनस सेयर सुचीकरण भएको छ ।

बोर्डका अनुुसार जनउत्थान सामुुदायिक लघुबित्त बिकास बैंकको पनि २० प्रतिसतको दरमा ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता बोनस सेयर सुुचीकरण भएको छ ।

यसैगरी कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको पनि ६५ प्रतिसतका दरमा तीन करोड २५ लाख रुपैयाँ बराबरको तीन लाख २५ हजार कित्ता बोनस सेयर सुचीकरण भएको छ । बोर्डका अनुसार लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडको पनि २४ दसमलव ८० प्रतिसतको दरमा २६ करोड ५२ लाख २४ हजार तीन सय ७५ रुपैयाँ बराबरको २६ लाख ५२ हजार दुुई सय ४३ दसमलव ७५ कित्ता बोनस सेयर सुचीकरण भएको छ ।

कसको कति परिमाणमा बोनस सेयर सुुचीकरण भयो (रकम रु हजारमा, अनुपात प्रतिसतमा)

क्रस  कम्पनीको नाम  अनुुपात सुचीकृत कित्ता रकम
१  साँग्रिला डेभलपमेन्ट बैक     १६.७ ४५७३९४१ ४५७३९४१००
२  भार्गभ बिकास बैंक    २०   २४००००  २४००००००
सेती फाईनान्स       ५७१०८ ५७१०८०००
जनउत्थान सामुुदायिक लघुबित्त     २०   ४०००० ४००००००
कालिका माईक्रो क्रेडिट डे. बैंक     ६५ ३२५०००  ३२५०००००
६  लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)   २४.८० २६५२२४३.७५   २६५२२४३७५
  कुुल    ७८८८२९२.७५ ७८८८२९२७५

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan