Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीको मुख खुल्यो, गोपाल भरिया मात्र हुन् !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ५ असोज । हाम्रो प्रश्न छ, गोपाल खड्का भरिया मात्र हुन् भने मालिक को–को हुन् त ? अब एमाले अध्यक्ष केपी ओलीले प्रष्ट जनतालाई भनि दिनुप¥यो– आयल निगमको जग्गा खरिद काण्डका नाइके को–को हुन् ।

जसले कम्बल ओढेर १ अर्व ६७ करोड घ्यू खाए, पचाए । ओलीले नै भनेका हुन्– खड्का भरियामात्रै भएकाले भ्रष्टाचार गर्ने असली मालिक अरु नै छन् । ती अरु को–को हुन् त ?

आयल निगमको जग्गा खरिद प्रकरणमा संसदको ५ समितिहरुले आपत्ति जनाए, भ्रष्टाचार भएकै हो भने । यति हुँदा पनि अख्तियार सुतेर बसेको थियो ।

जब मन्त्रिपरिषदले भ्रष्टाचार गरेको भनेर आयलका कार्यकारीलाई बर्खास्त ग¥यो, तब अख्तियारले फाइल मगाएर अनुसन्धान थालेको बयान दिएको छ । अनुसन्धान थालेको हो कि फाइल थुतेर सिरान हालेर सुतेको हो ? केही दिनमै यसको नतिजा आउन थाल्नेछ ।

आयलको फाइल जुन आयुक्तले अनुसन्धान गर्दैछन्, उनी आफै अकुत सम्पत्ति देखिनेगरी महल खडा गरेर त्यसमा राज गरेको आरोप लागेका व्यक्ति हुन् । उनको अनुसन्धान चाहिं कसले गर्ने नि ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan