Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan

विशेष संवाददाता भीष्मराज ओझा, न्यूयोर्क, ६ असोज । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यहाँ आउनुभएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ ।

नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

“सबैले सार्कको महत्वका विषयमा कुरा राख्नुभयो, हामीले शिखर सम्मेलन गर्ने सम्बन्धमा प्रस्ताव राख्यौँ, आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । सचिवालयको तर्फबाट मिति तोक्ने गरी बैठक सम्पन्न भयो”, उहाँले भन्नुभयो ।

सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै प्रगति भएको छैन । यस परिवेशमा सार्कका विदेश मन्त्रीहरुको बैठक बस्नु आफैँमा सकारात्मक हो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिनुभयो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan