Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आखिर राष्ट्रपतिको ध्यान पनि छोरी–ज्वाई तिरै !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ६ असोज । छोरी उषाकिरणकी श्रीमान अर्थात ज्वाई उमेश थापा के गरिरहेका छन्, राष्ट्रपतिको नाम बेचेर कसरी पैसा कमाइरहेका छन् भन्ने राष्ट्रपतिलाई थाहा छ ।

तर उनले कमाउ कमाउ भन्ने प्रोत्साहन नै दिएकी थिइन्, जसका कारण यतिबेला राजस्व छली मुद्दामा राजस्व अनुसन्धान विभागले राष्ट्रपतिकी छोरी ज्वाई विरुद्ध राजस्व छलीमा अनुसन्धान थालेको खबर छ ।

राजस्वका अधिकारीले भनेका छन्– कर छलीको उजुरी परेको हो, यसमा अनुसन्धान हुँदैछ, कति कर छली गरेको बारे केही समयपछि थाहा हुनेछ ।

कुरो रहेछ लाभकर छलीको । धापासीस्थित त्रियोग स्कूल, कलेजको कागजात राजस्वले लगेको छ । सञ्चालक उमेश थापा राजस्वको दायरामा त आएका छन्, उनीमाथि कारवाही होला र ? धेरैले विश्वास नै गरेका छैनन् ।

उक्त स्कूल किनबेच भएको थियो र थापाले किनेका छन् तर लाभकर छलेर । धापासीको १७ रोपनी जग्गामा फैलिएको स्कूल उमेश थापाले शान्ति बस्याल, उाषा बस्याल, रुपा थापा, शोभा सिंह, रुपा सिंहका नामबाट किनेका हुन् ।

यो स्कूल लिगलगापापतसमेतको खरिद गर्ने श्रोतको पनि कुरा आएको छ । यसको सामान्य खरिद मूल्य नै २ अर्व हो । यिनले किष्ट कलेज, एनसिआइटी इन्जिनियरिङ कलेज किनेका छन् र अरु केही स्कूल र कलेज पनि खरिद गरेका छन् ।

अझै केही स्कूल र कलेज किन्ने मोलतोल गरिरहेका छन् । यिनको आर्थिक हैसियत केहीवर्षअघि सम्म सामान्य थियो, यतिबेला राजधानीको शैक्षिक जगतमा यिनको नाम शैक्षिक डन भनेर चिनिन्छ । यिनले यतिका धन कहाँबाट ल्याए ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan