Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘प्रहरीमा बत्तीस नहुने, सशस्त्रमा सैन्य संरचना’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असोज । प्रहरीभित्र बत्तीसको खेलले सफलता हासिल नगर्ने भएको छ । प्रहरी नियमावलीलाई संशोधनमा लानुपर्ने र त्यसका लागि संसद्बाट पारित गराउनुपर्ने भएकाले यो खेलले अहिले नै सफलता हासिल नगर्ने भएको छ ।

बत्तीस वर्षे कार्यकाल बनाउन प्रहरीको नेतृत्वदेखि एआईजीपीहरु समेत सक्रियताका साथ लागेका थिए । तर, प्रहरीमा वृत्ति विकासको लामो चैन नै यताउता हुने भएपछि सत्तारुढ दलका मुख्य नेताले ग्रिन सिग्नल नदिने भएका छन् । आईजीपी प्रकाश अर्याल र ११ जना एआईजीपीको कार्यकाल साढे छ महिनामात्र बाँकी छ ।

आईजीपी प्रकरणले गर्दा बढुवामा ढिलाइ भएकाले प्रहरीका उच्च अधिकृतको एउटा हिस्साले राम्ररी काम गर्नसमेत पाएनन् । काम देखाउने समयमा सेवानिवृत्त हुनुपर्ने तनावमा परेपछि झन काम देखाउन सकेका छैनन् । केही अधिकृत भने ३२ को खेलमा सक्रियतापूर्वक लागेका छन् ।

सत्तारुढ दलका शीर्ष नेता फाइल अघि बढाउने पक्षमा नदेखिएपछि निराश हुँदै गएका छन् । तैपनि सात प्रदेशमा सात आईजीपी राख्ने लबिङलाई सफल बनाउन सक्रिय छन् । यसले सफलता हासिल गर्न सक्ने भए पनि अर्को वर्षमात्र कार्यान्वयनमा आउने गरी ढिलाइ भइरहेको छ ।

बत्तीसको खेललाई सफल बनाए सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीहरुको समकक्षीलाई प्रहरीको कमाण्ड सम्हाल्ने मौकाबाट वञ्चित गरिनुहुन्न भन्ने तप्का सुरक्षा निकायभित्र हावी भएको छ । खनाल, खरेल र कार्कीले प्रहरी इतिहासमै उल्लेख्य काम गर्नुभएको छ ।

उहाँहरुपछिको ब्याची भावी आईजीपीका सम्भावित पनि कार्यक्षमता अब्बल मानिनुहुन्छ । यसैगरी, सशस्त्र प्रहरी बललाई सैन्य संरचनामा लाने गरी आईजीपी सिंहबहादुर श्रेष्ठले प्रक्रिया थाल्नुभएको छ । श्रेष्ठले गृहका उच्च अधिकारीलाई समेत आश्वस्त पारिसकेकाले सशस्त्रको संरचना प्रहरीको भन्दा भिन्न हुन सक्छ ।

नियमावली संशोधन गरेर सैन्य संरचनामा लगिए आईजीपीलाई उमेरहदले छुँदैन र तीन वर्ष नेतृत् वगर्न पाउँछन् । नेपाली सेनामा समेत सेनापति भइसकेपछि उमेरहदले छुँदैन र तीन वर्ष कार्यकाल रहन्छ । सशस्त्रमा सैन्य संरचनामा लागिए एआईजीपीको संख्या बढ्ने ,विमर्शमा उल्लेख छ ।

श्रेष्ठको कार्यकाल तीन वर्ष रहेमा उहाँपछि आईजीपीका सम्भावित शैलेन्द्र खनाललाई धक्का लाग्न सक्छ । हालको नियमावलीअनुसार एआईजीको कार्यवधि कायम रहेमा उहाँ एआईजीपीमै घर जानुपर्ने हुन्छ । यस अवस्थामा पुष्पराम केसीको भाग्योदय हुन सक्छ ।

त्यसैले सैन्य संरचनामा जाँदासमेत आफूलाई फरक नपर्ने गरी एआईजीपीको कार्यावधि बढाउन खनालले लबिङ गरिरहनु भएको छ । 

यो पनि पढ्नुहोस् । 

पूर्व डीआईजी सिलवालको ट्वीटले हंगामा

ललितपुर प्रहरीमा खुलेआम घुस माग्न थालेपछि...


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan